CG Electronics
IME Life
NIMB

चर्चको शरणमा यसरी पुग्यो ओली सरकार,ओली दम्पती सहित यी १५ सय क्रिश्चियन बन्दै,५५ लाख तिरेर ओलीले आशिर्वाद लिने

NIMB
Himalayan Bank

त्यतिबेला डा.बाबुराम भट्टरार्इ प्रधानमन्त्री थिए। भट्टरार्इ मन्त्रिपरिषदमा एकनाथ ढकाल गरिबी निवारण तथा सहकारी मन्त्री थिए। गठबन्धन सरकारमा ढकाल नेपाल परिवार दलका तर्फबाट मन्त्री बनेका थिए।

२०६९ जेठ ३ मा मन्त्री बनेका उनले त्यसकाे केही समयपछि मन्त्रिपरिषदमा एउटा प्रस्ताव ल्याए। ‘युनिभर्सल पिस फेडरेसन (युपिएफ)को एशिया प्रशान्त क्षेत्रीय सम्मेलन काठमाडाैंमा गर्ने, नेपाल सरकार त्यसकाे सहअायाेजक रहने।’

तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलेले त्यसकाे विराेध गरे। ‘क्रिश्चियन धर्मसम्बन्धी संस्थाकाे अध्यक्ष पनि अाफैँ, मन्त्री पनि अाफैँ रहेर सरकारसँगको साझेदारीमा कार्यक्रम गर्नु ठिक हुँदैन’, उनको तर्क थियाे। विवादास्पद क्रिश्चियन अन्तर्राष्ट्रिय गैर सरकारी संस्थासँग कार्यक्रम आयोजना गर्दा त्यसले विवाद निम्त्याउन सक्ने भन्दै सो सम्मेलनमा आयोजना गर्न नहुने उनले अडान राखे। शक्ति केन्द्र रिझाएर मन्त्री बन्न सफल भएका ढकालकाे प्रस्तावमा प्रधानमन्त्री भट्टरार्इ पनि सहमत हुन नसकेपछि प्रस्ताव त्यसै तुहियाे।

त्यसकाे ठिक ७ वर्षपछि एकनाथ ढकाल सरकारकाे पूर्ण सहभागितामा विवादास्पद चर्चकाे कार्यक्रम काठमाडाैंमा अायाेजना गर्न सफल भएका छन्। अन्तर्राष्ट्रिय गैर सरकारी संस्था युनिभर्सल पिस फेडरेसन (युपिएफ)को एशिया प्यासिफिक समिट नाम दिइएकाे कार्यक्रमका लागि युनिफिकेशन चर्चकी प्रमुख हक जा हन मुन काठमाडाैं अाइसकेकी छिन्।

प्रधानमन्त्री केपी शर्मा अाेली, बरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्रीका सल्लाहकार समूहका सदस्यहरू याे कार्यमा अाफैँ संलग्न छन्। उनले प्रधानमन्त्री अाेली र उनकी पत्नी राधिका शाक्यसहित १४ सय उच्च पदस्थ नेपाली दम्पतीलार्इ अाशीर्वाद दिँदैछिन्।

र्‍याडिसन होटलकाे त्याे बैठक

काठमाडाैं अहिले अायाेजना हुन लागेकाे सम्मेलन तीन महिनाअघि टुङ्गो लागेको हो। याे सम्मेलनबारे छलफल गर्न युपिएफका प्रेसिडिङ काउन्सिलका सदस्य रहेका फिलिन्पिसका पूर्व सभामुख होसे डे भेनेसिया काठमाडाैं अाएका थिए। फिलिपिन्सका यी सभामुख युपिएफको एउटा शाखा इन्टरनेसनल एशोसिएसन अफ पार्लियामेन्टिरियन फर पिसका अध्यक्ष पनि हुन्। काठमाडाैंकाे र्‍याडिसनमा बसेका उनीसँगै त्यतिबेला अमेरिकाको तल्लाे सदन हाउस अफ रेप्रिजेन्टेभिटका सदस्य थोमस वेल्स पनि नेपाल आएका थिए।

भेनेसिया नेपाल आएको जानकारी पाएपछि नेकपाका नेताहरु उनलाई भेट्न र्‍याडिसन पुगेका थिए। स्राेतका अनुसार त्यतिबेला र्‍याडिसन पुग्नेहरूमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितका सचिवालय सदस्यहरु थिए। अहिले विवादित बनेकाे सम्मेलन र्‍याडिसनको त्यही बैठकले तय गरेकाे हो।

‘भेनेसियामा आइक्यापका अध्यक्ष हुन्। नेपालका कम्युनिष्ट र कांग्रेस दुवैतिरका नेताहरुसँग उनकाे राम्रो पहिचान र उठबस छ,’ पछिल्लो घटनाबारे जानकार एक नेताले भने, ‘उनी नेपाल आएको जानकारी पाएपछि नेकपाका नेताहरुले होटलमै पुगेका भेटेका थिए। त्यहाँ सम्मेलनकाे अायाेजनाबारे छलफल भएकाे थियाे।’

फिलिपिन्सको पाँच पटक सभामुख भइसकेका भेनेसियाको अध्यक्षतामा रहेको इन्टरनेशनल कन्फरेन्स अफ एशियन पाेलिटिकल पार्टीज (आइक्याप)को स्थायी कमिटीमा नेकपा नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला सदस्य छन्।

भेनेसियासँगको सोही बैठकले काठमाडाैंमा पिस फोडेरेसनको एशिया प्रशान्त सम्मेलनमा नेपाल सरकार सह आयोजक गर्ने टुङ्गो लगाएकाे स्राेतले जनायाे। त्यसपछि मात्रै विभिन्न देशका राष्ट्रध्याक्ष तथा सरकार प्रमुखलाई सहभागी हुन आमन्त्रण गर्न प्रधानमन्त्रीका ओलीको प्रतिनिधिको बनेर राजन भट्टराई र परिवार दलका अध्यक्ष एकनाथ ढकाल विभिन्न देश पुगेका थिए।

आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सम्मेललनबारे जानकारी गराएका थिए। पत्ररका सम्मेलनमा अाइक्याप अायाेजक र नेपाल सरकार सहयाेगी भनेर सुनाइएकाे थियाे। तर सम्मेलनका सामग्रीहरूमा नेपाल सरकार, संसद, अाइक्यापकाे लाेगाे प्रिन्ट गरिएका छन्। विवाद बढेपछि पछिल्लाे समय यसलार्इ आइक्यापको आयोजना भनेर प्रचार गरिएको छ। सरकारको सह आयोजनाबाट नाम हटाएको छ। तर आइक्यापकाे अाधिकारिक वेबसाइटमा यत्राे ठूलाे अन्तरार्ष्ट्रिय सम्मेलनकाे अायाेजनाबारे एक शब्द पनि उल्लेख छैन।

ढकाल–भेनेसियाको खेलकूद

नेपालमा युपिएफका गतिविधि एकनाथ ढकालले हेर्ने गरेका छन्। अध्यक्ष भेनेसिया नेपालमा हुने गतिविधिका अर्का सुत्रधार हुन्। गत वर्षकाे चुनाब अघि पार्टीलार्इ एमालेसँग बिलय गराएका उनी भेनेसियाकै माध्यमबाट युपिएफसँग जाेडिन पुगेकाे उनलार्इ नजिकबाट चिन्नेहरू बताउँछन्। ढकालले फिलिपिनो महिला ब्लेसिर्इ गडोनसँग विवाह गरेका छन्। फिलिपिनी संसदका सभामुख भेनेसिया र ढकालकाे ससुरालीपट्टिको नाता सम्बन्ध छ।

युनिभर्सल पिस फेडेरेसन क्रिस्चियन धर्मको प्रचार गर्ने विवादास्पद आइएनजिओ हो। यसकाे नेपाल च्याप्टर अध्यक्ष ढकाल अाफैँ हुन्। यसअघि नेपाल च्याप्टर काठमाडाैं विश्वविद्यालयका पूर्व उपकूलपति डा.सुरेशराज शर्मा हुन्।

सन् २००५ स्थापना भएकाे याे अन्तरार्ष्ट्रिय संस्थाका संस्थापक सन म्युङ मून र उनकी पत्नी हाक जा हान मुन हुन्। अन्तरार्ष्ट्रिय सञ्चार माध्यमका अनुसार सन म्युङ मून ती विवादित व्यक्ति हुन् जाे अाफूलार्इ जिसस क्राइस्टले अधुरा काम गर्न खटाएकाे दाबी गर्थे। स्वघोषित मसीहा (मृतकलार्इ जीवित बनाउन सक्ने) दाबी गर्ने उनको सन् २०१२ मा निधन भएकाे थियाे। उनकी विधवा पत्नी हक जा हन मुन सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री अाेलीसहितका दम्पत्तीलार्इ अाशीर्वाद दिन काठमाडाैं अाएकी छिन्। हक जा १७ वर्षकी हुँदा उनकाे विवाह ४० वर्षीय मुनसँग भएकाे थियाे। त्यतिबेला हक जाका पिता मुनका भान्से थिए।

मुनकाे सञ्जाल जापान, उत्तर काेरिया, दक्षिण कोरियादेखि अमेरिकासम्म फैलिएकाे छ। संस्थाका अाधिकारिक कागजातहरूमा याे संस्था १५५ मुलुकमा पुगेकाे उल्लेख छ। सन् २०१२ मा मृत्यु हुनु अघि मुनले अार्जेकाे विशाल व्यवसायिक, धार्मिक र राजनीतिक साम्राज्य हाल उनकी श्रीमती र सन्तानहरूले सम्हालिरहेका छन्। अमेरिकामा हतियार व्यापार गर्ने मुनका छाेरा जस्टिन केही समयअघि कर छलेकाे अभियाेगमा पक्राउ परेका थिए। १८ महिनामा जेल परेर उनी छुटेका छन्।

इशाइ धर्मका प्रवर्द्धक जिससले १६ वर्षको हुँदा अाफूलार्इ दर्शन दिएर बाँकी काम पूरा गर्ने जिम्मेवारी दिएको दाबी गर्दै सुन म्युङ मूनले सन् १९५४ मा दक्षिण कोरियामा युनिफिकेसन चर्च स्थापना गरेका थिए। त्यही चर्चलार्इ सन् २००५ मा युपिएफमा परिणत गरिएकाे हो। हाल उत्तर कोरियामा पर्ने स्थानमा जन्मिएका मूनले १२ वर्षको हुँदा धर्मान्तरण गरेका थिए। त्यसपछि उनी क्रिस्चियन धर्म प्रचार बनेका थिए।

मुनकाे दर्शन क्रिस्चियन समुदायबीचमै विवादास्पद छ। विवाह गरेपछि मात्र ‘पापमुक्त रगत’को नाता कायम हुन्छ भन्ने उनले नव दम्पत्तीहरूलार्इ अाफ्नाे चर्च अगाडि दुर्इ दिनसम्म विशेष अवस्थामा रहेर याैन सम्पर्क गर्नुपर्ने नियम बनाएका थिए। दम्पत्तीले बिहान र बेलुका दुर्इ पटक मात्र याैन सम्पर्क गर्नु नहुने उनकाे अाचारसंहितामा उल्लेख छ। तिनै मुनकी धर्मपत्नी मुख्य अतिथि रहने कार्यक्रमका लागि सरकारले कराेडाैं रकमसहित राज्य शक्तिकाे दुरूपयाेग गरिरहेकाे हाे।

सम्मेलनका लागि सुरक्षा र अन्य बन्दोबस्तीको तयारी सरकारले गरेको छ। सम्मेलनलार्इ सार्क वा विमस्टेकजस्तै बनाउन सरकारले सवारी साधन सञ्चालनमा जोरबिरोज प्रणाली लागू गरेकाे थियाे। लाखाैं सर्वसाधारणले सास्ती पाउने साे निर्णयकाे प्रमुख प्रतिपक्षी दल कांग्रेस तथा सर्वसाधारण जनताले सामाजिक सञ्जालबाट चर्काे विराेध गरे। शुक्रबार बिहानदेखि याे निर्णयबाट सरकार पछि हटेकाे छ।

प्रधानमन्त्रीका हैसियत बराबराकी म्यान्मारकी स्ट्रेट काउन्सिलर आङ साङ सूकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेनको भ्रमणलाई सरकारले औपचारिक बनाएको छ। सम्मेलनमा भाग लिन फिलिपिन्सकी उप राष्ट्रपति लेनी रोब्रेदो, अफगानिस्तानका उप राष्ट्रपति सहितका नेपाल आएका छन्। त्यसैगरी पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीसहित एक हजार पाँच सय प्रतिनिधि यसमा सहभागी हुने आयोजकहरुले जनाएको नेपाल खबरले उल्लेख गरेको छ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...