‘हजुर आमाको घर पुगेँ भनेकी पुजा थापा यसरी भेटिईन मृत
Friday Nov 30, 2018
वि.सं.२०७५ मंसिर १४ शुक्रवार ०९:४९

सामान्य पृष्ठभूमी
कैलालीको टिकापुर । एक ताका नरसंहार भएको क्षेत्र । त्यहाँ मानिस बस्न पनि डराउँथे । धेरै मानिस त त्यहाँबाट पलायन भए रोजीरोटी खोज्न भारततिर । त्यो कहालीलाग्दो दृष्य मानस्पटलमा अझै जिवितै छ । एक जना एसएसपी र बालकसहित ८ जनाको मृत्यु भएको थियो । धेरै मानिसलाई यो घटनाले तरङ्गित तुल्याएको थियो । त्यसपछिका दिनमा पनि केही समयसम्म टिकापुर प्रायः अशान्त नै बन्यो । खलबलिएको वातावरणलाई पुरानै शैलीमा ल्याउनका निम्ति धेरै प्रयास गर्नुप¥यो । अहिले आएर धेरै हदसम्म टिकापुर शान्त छ । विभिन्न छिटपुट घटना बाहेक ठूला अप्रिय घटना घटेका छैनन् । एक समय मानिस जान नै डराउने टिकापुर शान्त बन्दै गएको छ । तर, उक्त आन्दोलनले त्यहीं टिकापुरले धेरैलाई बलियो बनाएको छ भने धेरैका दिन विरक्तिएका छन् । शान्ति र स्थायीत्व खोजिरहेको टिकापुरले चाहेसम्मको विकास पाउन सकेको छैन । सिमित व्याक्तिको रजाइँले त्यहाँको विकासले सोचेको अझै लिन सकेन ।
पूजा थापा मृत्यु
टिकापुर नगरपालिकाको वडा नम्बर–१ ब्लक नम्बर १६ मा एक किशोरीको शुक्रबार बिहान शव फेला परेको छ । सोही ठाउँ निवासी १६ वर्षीया पूजा थापा टिकापुरको एयरपोर्ट नजिकै खुला चौरमा मृत अवस्थामा भेटिएकी छन् । मृत्युको खास कारण अनुसन्धानपछि पत्ता लाग्ने इलाका प्रहरी कार्यालयले जनाएको छ । पुजाको शव खुला चौरमा मृत अवस्थामा भेटिएपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरु भन्छन् पूजाको मृत्यु रहस्यमय छ । उनको बलात्कारपछि हत्या भएको हुनसक्ने उनीहरुको आशंका रहेको छ । टिकापुरको बसपार्क नजिकै रहेको एयरपोर्ट त्यहाँबाट पुजाको घर करिब २०० मिटरको दूरीमा रहेको प्रहरीले जनाएको छ । घटनाको वस्तुस्थिति बुझ्न टिकापुर प्रशरी शुक्रबार बिहानैबाट खटिएको छ । पुजाको शव पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको छ ।
पूजा त्यहाँ कसरी पुगिन ?
१६ वर्षीया किशोरी पूजा थापा बिहिबार मात्रै सानी हजुरआमाको घरमा जान्छु भन्दै घरबाट निस्केकी थिइन् । उनको घरबाट नजिकै रहेको सानी हजुरआमाको घर गएकी उनले आफ्नो घरमा फोन गरिन् म त्यहाँ पुगिसके । तर, उनकी सानी हजुरआमाका अनुसार उनी त्यहाँ पुगेकी थिइनन् । पूजाको घरमा हजुरआमा र उनी मात्रै बस्ने गरेका थिए । आमाबुवा रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् । बिहिबार साँझ करिब ५ बजे तिर उनको फोन थियो म सानी हजुरआमाको घर पुगेँ । त्यसपछि पूजासँग कसैको फोन भएन भन्ने प्रारम्भिक अनुसन्धान छ । उनलाई एक्कासी शुक्रबार बिहान स्थानीयले खुलाचौरमा मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए । पूजा कक्षा १२ मा अध्ययनरत थिइन् ।
प्रहरी के भन्छ ?
टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहका अनुसार प्रहरी घटना भएको थाहा पाएपछि बिहानैदेखि अनुसन्धानमा रहेको छ । बिहिबारबाट घरबाट निस्केकी पूजाको बारेमा प्रहरीलाई कुनै जानकारी थिएन । सामान्यताः सानी हजुरआमाको घरमा गएको भनेपछि प्रहरीलाई जानकारी नहुनु स्वभाविक रहेको उहाँको तर्क छ । बिहिबार साँझसम्म सम्पर्कमा रहेकी पूजा एक्कसी शुक्रबार बिहानै मृत फेला परेकी थिईन् । प्रहरी प्रमुख सिंहका अनुसार पूजाको शव भटिएको स्थान घरभन्दा करिब २०० मिटर पर रहेको छ । एक निर्माणधिन घरभित्र उनको मोबाइल र अन्य सामाग्री फेला परेका छन् । प्रहरीले ‘सल्फास’ जस्तो देखिने क्याप्सुल घटनास्थलमा भेटाएको छ । शरीरमा कुनै ठाउँमा पनि निलडाम देखिदैन । चोटपटक पनि नलागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बाँकी पोष्टमार्टमपछि पत्ता लाग्ने प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो ।
स्थानीय यसो भन्छन्
स्थानीयका अनुसार पूजाको बलात्कारपछि हत्या भएको आशंका छ । तर, प्रहरीको अनुसन्धानमा अहिलेसम्म मेल खाएको छैन ।





















