CG Electronics
IME Life
Ncell NPL

बीवाइडीको नयाँ ‘स्टेट अफ दि आर्ट शोरुम’ नारायणचौर नक्सालमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । बीवाइडीको एक मात्र आधिकारीक विक्रेता साइमेक्स इंकले आफ्नो
पहिलो स्टेट अफ दि आर्ट शोरुम काठमाडौंको नारायणचौर नक्सालमा संचालनमा
ल्याएको छ । कम्पनीले आज सोमबार भब्य कार्यक्रमको आयोजना गर्दै नयाँ शोरुम
संचालनमा ल्याएको हो ।

यसअघि बीवाइडी पार्कको कन्सेप्टमा आधारित रहेर आफ्ना उत्पादन विक्री गर्दै
आएको साइमेक्स इंकले नयाँ इलेक्ट्रीक एसयूभी एटो थ्री बजारमा उतारेसँगै नयाँ
शोरुम पनि संचालनमा ल्याएको हो ।

नयाँ शोरुमको उदघाटन कम्पनीका ब्राण्ड एम्बेस्डर हरिबंश आचार्य, चर्चित बैंकर
अनिल शाह, साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ लगायतको उपस्थितिमा
भएको हो । शोरुम उद्घाटन गर्दै ब्राण्ड एम्बेस्डर हरिबंस आचार्यले विद्युतीय
साधनको उपभोग बढाउन अपिल गर्नुभएको थियो ।

त्यसैगरी बैंकर अनिल शाहले विश्वकै चर्चित ब्राण्डका गुणस्तरिय उत्पादन विक्री
गर्न उत्कृष्ट शोरुम निर्माण गरेकोभन्दै साइमेक्स इंकलाई सफलताको शुभकामना
दिनु भएको थियो ।

शोरुमको शुभारम्भ गर्दै कम्पनीको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भन्नुभयो, ‘सबैको
माया र विश्वासको कारण हामी नयाँ मोडल र नयाँ संरचना निर्माण गरेर सेवा
दिन तयार भएका छौं । हामीले केही दिनअघि मात्रै पनि विक्री पछिको सेवा प्रदान
गर्न गौरिघाटमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएका छौं । त्यसले बीवाइडीको
गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पुरा गर्नेछ ।

साइमेक्स इंकका सीइओ साहिल श्रेष्ठले नयाँ मोडल एटो थ्रीको विषयमा जानकारी
दिदै प्रिमियम इलेक्ट्रीक कार खोज्नेको लागि एटो थ्री उपयुक्त मोडल भएको
जानकारी दिनु भयो ।

बीवाइडीले नक्सालमा बनाएको नयाँ शोरुम ३ हजार स्क्वायर फिटमा फैलिएको छ

नयाँ मोडल एटो थ्रीको बारेमा

लामो समयदेखि ग्राहकले प्रतिक्षा गरिरहेको मोडल एटो थ्री बीवाइडीको ग्लोवल
मोडल हो । विश्वका करिब ७० देशमा विक्री गर्ने तयारी भइरहेको एटो थ्रीले
विश्व बजारमा सफलता पाउन सुरु गरिसकेको छ ।

बीवाइडीको डेडिकेटेट ईभी प्लेटफर्ममा बनेको एटो थ्री कम्पनीको नयाँ ड्रागनफेस
३।० डिजाइन ल्याङ्वेज तयार भएको हो । निकै प्रिमियम र फराकिलो क्याबिन
भएकै कारण यसलाई मनपराउने मानिस बढ्दै गएका छन्। आधुनिक फिचरले
भरिपूर्ण क्याविनमा १२।८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर
इन्फरमेशन डिस्प्ले, ७ वटा एयरब्याग, मल्टी फङ्गशनल स्टेरिङ ह्वील रहेकोछ ।
म्यूजिक र स्पोर्टस्थिममा सजिएको इन्टेरियर, लग्जरी सिट, आकर्षक ड्यासबोर्ड,
८ वटा स्पीकर, किलेस इन्ट्री, एम्बीयन्ट लाइटले यसलाई निकै ‘प्रिमियम फिल’
प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा स्टायडर्ड र लङ रेन्ज भेरियन्ट उपलब्ध रहेपनि अहिले
नेपालमा स्टायडर्ड भेरियन्ट मात्रै उपलब्ध छ । एटो थ्रीको चारवटै चक्कामा डिस्क
ब्रेक दिएको छ । १८ इन्चको अलोय ह्वील, एलइडी हेडल्याम्प, डे टाइम रनिङ
लाइट, फलोमी हेडल्याम्प जस्ता फिचर पाउन सकिन्छ ।

यूरो एनक्यापमा एडल्ट र चाइल्ड प्यासेन्जर सुरक्षामा फाइभ स्टार रेटिङ पाएको
छ । नेपाल आएको एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६०।४ किलोवाट
आवरको ब्लेड ब्याट्री दिइएको छ । एटो थ्रीले एक पटकको फुलचार्जमा ४२०
किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

सुरक्षाको लागि यसमा ७ वटा एयरव्याग, ३६० डिग्री क्यामेरा, डिजिटल भिडियो
रेकडर, टायर प्रेसर मोनिटर, फ्रन्ट र रियर सेन्सर पाउन सकिन्छ । एडीएएस
लेभल दुई बराबरको सुरक्षा फिचर यसमा उपलब्ध रहेको छ ।

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन...

वि.सं.२०८३ वैशाख २३ बुधवार २१:४५

  काठमाडौँ, नेपाल - ५ मे, २०२६ - डोंगफेङ मोटरले...

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी कारोबार, ३२१ सवारी बुकिङ

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:४३

  काठमाडौं। चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स र लेबरमा आकर्षक छुट

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:३७

  काठमाडौं। CFMOTO का नेपालका आधिकारिक वितरक Rishi Trade Center...

बुढानीलकण्ठमा यामाहा नेपालको १०३औँ शोरूम उद्घाटन: ३एस (3S) सुविधासहित सेवा उपलब्ध

बुढानीलकण्ठमा यामाहा नेपालको १०३औँ शोरूम उद्घाटन: ३एस...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:२१

  काठमाडौं। यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S...

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसँग अधिकतम मूल्य सूचि (एमआरपी) सहितको स्टिकर टाँस्ने विषयमा छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसँग अधिकतम मूल्य...

वि.सं.२०८३ वैशाख २३ बुधवार ००:३७

  काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल का अध्यक्ष सुरेन्द्रकुमार...

चितवन अटो शो २०२६ मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर

चितवन अटो शो २०२६ मा फोटोन नेपालको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:४८

  काठमाडौँ। Foton Nepal का आधिकारिक वितरक MAW Vriddhi Commercial...