CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकले यसरी गर्यो लोभलाग्दो प्रगति, तीन महिनामै १ अर्ब सहित खुद नाफा कमायो कति ?

NIMB
Himalayan Bank

एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरणले बैंकका समग्र परिसूचकहरू उत्साहजनक देखाएको छ।

बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ १ अर्ब ७५ करोड आर्जन गर्न सफल भएको छ। जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो।बैंकले आव २०७९/८० को प्रथम त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २ खर्ब ७३ अर्ब १० करोड पुर्‍याउन सफल भएको छ।
निक्षेपतर्फ कुल निक्षेप संकलन ३ खर्ब ८ अर्ब १८ करोड पुर्‍याउन बैंक सफल भएको छ। यसैगरी बैंकको स्व-पूँजीमा प्रतिफल २६.५५ प्रतिशत छ।

बैंकले वार्षिक प्रति शेयर आम्दानी ५९ रुपैयाँ ६२ पैसा आर्जन गर्न सफल भएको छ। स्व-पूँजीमा प्रतिफल र प्रतिशेयर आम्दानी २६ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई प्रथम त्रयमाससम्ममा ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ।

आ.व. २०७९/८० को प्रथम त्रयमाससम्ममा २ लाखभन्दा बढी नयाँ ग्राहक थप गर्दै ३४ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ। यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ।

साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान छ।एनआईसी एशिया बैंकले मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल रहेको जनाएको छ। बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०३ वटा विस्तारित काउन्टर र ८१ वटा शाखारहित सञ्जाल विस्तार गरेको छ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशतलाई सेवा दिन यस बैंक सफल भएको दाबी गरेको छ। बैंकले स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको जनाएको छ।

गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्न सफल भएको व्यवस्थापनले जनाएको छ। जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान हो।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेका ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...