विरोध खतिवडामाथि हातपात अरोपमा एक पक्राउ
Wednesday Nov 09, 2022
वि.सं.२०७९ कात्तिक २३ बुधवार १७:००
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडामाथि हातपात भएको छ।
मकवानपुर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका खतिवडामाथि आज एक स्थानीयले हातपात गरेका हुन्।
उनी चुनावी सभामा जाँदै थिए।
मनहरि गाउँपालिका वडा नम्बर ३ मा गाडीबाट ओर्लनेवित्तिकै खतिवडामाथि हातपात भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
खतिवडाले भने आफूमाथि हातपातको प्रयास भएको र आफू अहिले चुनावी सभामा रहेको आर्थिक प्लसलाई बताए।
म अहिले चुनावी सभामा छु, केही व्यक्तिले हातपातको प्रयास गरेका थिए, उनले भने।
मादक पदार्थ सेवन गरेका पुरूषोत्तम खड्काले उनीमाथि हातपात गरेको स्थानीयहरूले बताएका छन्।
उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनााएको छ।
























