पत्रकार अधिकारी सुन्धाराको होटलमा मृत भेटिए
Wednesday Nov 09, 2022
वि.सं.२०७९ कात्तिक २३ बुधवार २०:४९
सुरक्षा सम्बन्धि कलम चलाउने पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन्।
सुन्धारास्थित सिद्धार्थ होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनी मृत फेला परेको काठमाडौं प्रहरीले जानकारी दिएको छ। अधिकारी हराएको भन्दै उनकी श्रीमतीले आजमात्रै काठमाडौं प्रहरी परिसरमा निवेदन दिएकी थिइन्।
निवेदनपछि खोजतलास गर्दा उनी मृत फेला परेका हुन्। प्रहरीका अनुसार उनी मृत भेटिएको कोठा भित्रबाट बन्द थियो। अधिकारीले आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ। अधिकारी २१ कात्तिकदेखि सम्पर्कविहीन थिए। अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए ।
























