CG Electronics
IME Life
NIMB

सूर्या लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईको अध्यक्षतामा होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा सम्पन्न भएको हो ।

कम्पनीको सो सभाले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग एकआपसमा गाभ्ने, गाभिने तथा मर्जरमा जाने सम्बन्धि विशेष प्रस्ताव पारित गरेको छ । साथै सभाले ज्योति लाइफसँग गाभिएपश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’ कायम गरी सो नामबाट जीवन बीमा ब्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

साथै दुवै कम्पनीको चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ः०.८२४५ (सूर्याको १ कित्ता शेयर बराबर ज्योतिको ०.८२४५ कित्ता) कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

यसबाहेक मर्जरपछि बन्ने कम्पनीको रजिष्टार्ड कार्यालय विराटनगर महानगरपालिका वडा नं. ७ विराटनगर, मोरङ्ग प्रदेश १ मा रहने तथा कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १ ३० ज्ञानेश्वर काठमाडौंमा रहने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै, एक आपसमा गाभिएपश्चात कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्तापुँजी बृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

यसबाहेक उक्त सभाले सामान्य प्रस्तावबमोजिम आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन उपर छलपल गरी पारित गरेको छ । त्यस्तै, २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता विवरणमाथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै, लेखापरिक्षण समितिको सिफारिबमोजिम आव २०७८।७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको छ ।

 

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...