डलर स्थिर हुँदा पाउन्ड उकालो लाग्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
Thursday Nov 17, 2022
वि.सं.२०७९ मंसिर १ बिहीवार ०८:२६
नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ। यसअनुसार पाउन्ड स्टर्लिङ १ को खरिद दर १५४ रुपैयाँ २६ पैसा र बिक्री दर १५५ रुपैयाँ २६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिद दर १२९ रुपैयाँ ७८ पैसा र बिक्री दर १३० रुपैयाँ ३८ पैसा छ। युरो १ को खरिद दर १३५ रुपैयाँ २८ पैसा तथा बिक्री दर १३५ रुपैयाँ ९१ पैसा तोकिएको छ।























