घरजग्गा व्यवसाय गर्दै आएको ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ,लाेहनी फरार
Thursday Dec 15, 2022
वि.सं.२०७९ मंसिर २९ बिहीवार २१:४७
काठमाडौं । घरजग्गा व्यवसाय गर्दै आएको ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ परेका छन् । पीडित शान्ता शर्मासँग दुई करोड तीन लाख रुपैयाँ पाँच वर्ष अघि नै लिई अहिले घर अर्कैलाई बिक्री गरेको फेला परेपछि ग्रिनहिल सिटीका निर्देशक भट्टराई पक्राउ परेका हुन् । उनलाई सिंहदरवार प्रहरी बृत्तमा पुर्याईएको छ ।
२०७५ साल पुस २९ गते शान्ता शर्मासँग दुई करोड तीन लाख रूपैयाँ लिई घर बिक्री गरेको कम्पनीले एक बैंकको ऋण समेत दुरूपयोग गरेको थियो । टेकुस्थित ग्रिनहिल सिटीको कार्यालयबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी आएको थाहा पाएपछि ग्रिनहिल सिटीका मुख्य सञ्चालक भेषराज लोहनी भने फरार भएका छन् ।
ग्रिनहिल सिटीको खण्डन
उपरोक्त सम्बन्धमा यस सिन दिल सिटी प्रालिको बारेमा (https://aarthikplus.com/) पत्रिकामा २९ मंसिर २०७१ मा घरजग्गा व्यवसाय गर्दै आएको ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ लोहनी फरार भन्ने शि्र्षक राखी समचार प्रेषित गरेकाेमा गम्भीर ध्यानाकर्षण भएका छ। यो समाचार झुट्ठा रेहकाे भन्ने बारेमा निम्नअनुसारकाे बुँदामा खण्डन गरेकाे छुः
१ उक्त समचारमा भनेको जस्तो न त ग्रिन हिल सिटीका निर्देशक प्रबन्ध सञ्चालक ठाकुरप्रसाद भट्टराई ठगीको आरोपमा पक्राउ परेका छन्, न त अध्यक्ष लोहनी फरार नै रहेका छन् । के कुरा आधारमा किन त्यस्तौ समाचार छापिएको हो, हामी अश्चर्यचकित परेका छौँ । उक्त समचार प्रकाशन गर्नु अघि के कसो हो विषय भनेर एकपटक पनि यस कम्पनीलाई सोधिएको समेत छैन् । यदि त्यसो हुन्थ्यो भने सम्मानित उच्च अदालत पाटन बाट टुङ्गिएको विषय (मुद्दा नं. 078-WO-0496) यसरी औचित्यहीन समाचार प्रकाशित हुने थिएन ।
२ केही दिन आघि शान्ता शर्मा लगाएतका केहि व्यक्ति यस कम्पनीको कायार्लयमा आई हो हल्ला गरेपछि कम्पनीका प्रबन्ध सञ्चाक निर्देशकले सबै पक्ष सल्लाह गरौं भन्नु भएको थियो। एकप्रकारको यथार्थता रहेको विषय यसरी आफूखुशी आधारहिन समाचार प्रेषित हुनाले सञ्चार जगतको नै बेइजती हुन सक्नेसम्मको जोखिम छ ।
३ अदालतबाट नै रीट निवेदन खारेज गरी यस कम्पनीउपर कुनै दायित्व सृजना नगरेको अवस्थामा आफूखुशी यसरी लाञ्छना लागार्य अरूको बेइज्जत गराउने कार्य गैरकानुनी एवं भ्रम सृजना गरी व्यक्तिगत र संस्थागत विकासमा दिगोरूपमा असर पर्ने प्रकृतिको छ
४ पत्रकार संहिता २०७३ को दफा ४ मा पत्रकार र सञ्चारमाध्यमले पेशागत मर्यादा तथा व्यवहार गर्नुपर्ने उल्लेख गर्दै वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र विश्वसनीय पत्रकारीता गर्नुपदर्छ भनि उल्लेख गरेको छ । यसका साथै पेशागत अभ्यासमा सामाजिक शिष्टता र पाठक, श्रोता वा दर्शकको मर्यादाको सम्ममान गरी शिष्ट एवं मर्यादित भाषा र कार्यशैली प्रयोग गर्नुपर्छ भनि बाध्यात्मक व्यवस्ता गरेको छ । यसका अतिरिक्त दफा १४ मा अनलाइन सञ्चारमाध्यमको जिम्मेदारीको व्यवस्था गर्दै अनलाइन सञ्चारमाध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन) प्रशारण वा बाह्य लिङ्कहरूलाई प्रकाशित गर्नु अघि तिनको विश्वसनीयता परिक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।
५ अभिव्यक्ति स्वतन्त्रताको नाममा हुँदै नभएको मनोगत तथ्य राखी एकतर्फि रूपमा यस संस्था विरूद्द रिस पोख्ने कार्य भएको छ । अदालतबाट टुङ्गो लागि सकेको विषयमा केहि असन्तुष्टि भएमा अदालतबाट उपचार खोज्नुपर्नेमा सो नगरी व्यक्तिगत लाञ्छना लगाउने कार्य निन्दनीय छ। उक्त कार्यले विगत केही समय देखि यस संस्थाले आवश्यक तनाब भोग्नु परिरहेको छ ।
कुनै पनि सामाग्रीको सत्यतामाथि प्रश्न उठ्नासाथ अनुसन्धान गर्नु त्रुटि एवं गल्ती भएको जानकारी हुनसाथ यथाशीघ्र सच्याउनु तथा प्रकाशित वा प्रसारण गर्नुपर्ने व्यवस्था अनुरूप म प्रति लगाइएको लाल्छनालाई क्षमायाचना सहित प्रकाशन हुन अनुरोध गर्दछु । धन्यवाद ।
समाचार लिंक
घरजग्गा व्यवसाय गर्दै आएको ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ,लाेहनी फरार
ज्योति दाहाल
(प्रमुख कानून तथा कम्पनी सचिव)
आर्थिक प्लसको भनाई :
यस अनलाईनमा प्रकाशित समाचार सत्य हो । आर्थिक प्लसका संवाददातालाई अन्य पत्रकार साथीहरुले टेलिफोन गरी बोलाएपछि २०७९ मंसिर २९ गते अपरान्ह तीन बजेको समयमा महानगरीय प्रहरी वृत्त सिंहदरवार पुग्दा त्यहाँ ग्रिन हिल सिटीका निर्देशक ठाकुर भट्टराई भन्ने व्यक्तिलाई प्रहरीको सिआरभी भ्यानले पक्राउ गरी ल्याएको र पीडितसँग छलफल पश्चात प्रहरी कार्यालयभित्र कागजात गरी रिहा भएको कुरा देखेको आधारमा समाचार प्रकाशित गरिएको हो ।
समाचारमा अनावश्यक लाञ्छना लगाउनुपर्ने कुनै कारण छैन बरु पक्राउ किन पर्नु भयो ? शान्ता शर्मा भन्ने पीडित के कति कारणले पीडित भएको हो ? सार्वजनिक गरिदिनु भयो भने आम जनताले सही सूचना पाउन थिए कि ? साथै निज ठाकुर भट्टराईलाई प्रहरीले पक्राउ गरेको भन्ने तथ्य सिहदरवार बृत्तभित्रैको तस्विर समेतले पुष्टि गरेकै छ थप स्पष्टिरण दिइरहनु परेन ।























