CG Electronics
IME Life
NIMB

 डिजिटल नेपालका लागि सुरक्षित डाटा सेन्टर आवश्यक : आईसीटी विज्ञ

NIMB
Himalayan Bank

 

काठमाडौँ । आईसीटी विज्ञले डिजिटल नेपालका लागि सुरक्षित डाटा सेन्टर आवश्यक रहेको बताएका छन्।

हुवावेले आयोजना गरेको ‘नेस्ट जेनेरेसन डाटा सेन्टर टु अनलिस डिजिटल नेपाल’ विषयको छलफलमा जथाभावी डाटा सेन्टर भन्दा एउटै स्ट्यान्डर्डको डाटा सेन्टर आवश्यक भएको बताए।

डिसहोमका सीईओ मनोज केसीले ३ प्रतिशत विद्युत खपत डाटा सेन्टरले मात्रै गरिरहेको बताए। नेपालमा विद्युत उत्पादन क्षमता धेरै भएकाले डाटा सेन्टरको लागि लगानी ल्याउन सकिने बताए।

सरकारले डाटा सेन्टरको स्ट्यान्डर्डका लागि नीति बनाउनु पर्ने बताए।

डिएफसी डिजिटल पावरका क्षेत्रीय निर्देशक सोमा शेखर भेरनाले डाटा सेन्टरको स्थापना पुरानो शैलीबाट परिवर्तन हुनुपर्ने बताए।

डाटा सेन्टर निर्माणमा नयाँ प्रविधि प्रयोगगर्दा लागत कम लाग्ने बताए। प्रिफ्याव डाटा सेन्टर बजारमा आइसकेको बताए।

नेपाल विद्युत प्राधिकरण डाटा सेन्टर प्रोजेक्ट म्यानेजर तारा प्रधानले ४५ लाख ग्राहाक डाटा सुरक्षाको कारण आफैँ बनाउनु परेको बताए।

स्मार्ट मिटर र तार भूमिगत गरिरहेको प्राधिकरणलाई डाटा सेन्टर आवश्यक रहेको बताए।

हरेक ग्राहाकले कति विद्युत खपत गरेको छ स्मार्ट मिटरबाट थाहा पाउन सकिन्छ। ग्राहाकको डेटाको लागि काठमाडौंमा एउटा र कुनै क्षति भए रिकभरीको लागि पश्चिम क्षेत्रमा अर्को बनाउने बताए।

उनले नेपालमा डेटा सेन्टरको जनशक्ति नै कमि रहेको बताए।

राष्ट्रिय सूचना प्रविधी केन्द्रका कार्यकारी निर्देशक प्रदिप शर्मा पौडेलका अनुसार सिंहदरबार र हेटौँडामा मात्रै रहेको छ। पौडेलले खुमलटार र नेपालगञ्जमा डेटा सेन्टर बनिरहेको जानकारी दिए।

उनले भविष्यमा सातै प्रदेशमा डाटा सेन्टर स्थापना गर्ने बताए।

पौडेलले सरकारी क्षेत्र डिजिटललाइज हुँदै गएकोमा थुप्रै डेटा सेन्टर आफैँ बनाउनु भन्दा निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए। निजी क्षेत्रका डेटा सेन्टरको सुरक्षा ग्यारेन्टी भए सरकार सहकार्य गर्ने बताए।

सरकारले एउटा नीति बनाई सबै डाटा सेन्टरको एउटै स्ट्यान्ड बनाउने बताए।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...