CG Electronics
IME Life
NIMB

फेमिलियर अर्गानिक फार्ममा माघी विशेष खाना महोत्सव सुरु, मौलिक खानाको स्वाद लिन पाइने रैथाने खाना चाख्न कपन जाऔं

NIMB
Himalayan Bank

 

काठमाडौं । माघे संक्रान्ति तथा जैविक विविधता दिवसको अवसरमा काठमाडौंको कपनस्थित वल्र्डमार्ट युनिक सोलुसन प्रा.लि. द्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले साप्ताहिक रुपमा खाना महोत्सवको आयोजना सुरु गरेको छ । आइतबार बुढानिलकण्ठ नगरपालिका प्रमुख (मेयर) मिठाराम अधिकारीले सो महोत्सवको उदघाटन गरेका छन् । माघी विशेष खाना महोत्सव उद्घाटन गर्दे मेयर अधिकारीले आफ्नो नगरपालिकाभित्र यो महोत्सव सुरु हुनु गर्वको विषय भएको बताए । “हाम्रा चाडपर्वमा खाइने मौलिक खानाहरु स्वादप्रद्र्धकको साथै स्वास्थ्यको लागि पनि उतिकै महत्व भएकाले यस्तो खाना मौलिक भान्छाको (रेष्टुरेन्ट) मेनुमा राखिनु निकै सकरात्मक काम हो,” उनले भने ।

रैथाने तथा मौलिक खानाले स्वाद र स्वाथ्यका साथै स्थानीय उत्पादनको समेत प्रवद्र्धन हुने भएकोले यस्तो व्यवसयालाई नगरपालिकाले उच्च प्राथमिकता राख्ने पनि बताए । साथै कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका वडा १० का अध्यक्ष नवराज भट्टराई, १२ का अध्यक्ष शम्भु भट्टराईलगायतको पनि उपस्थित रहेको थियो ।


बसे पनि शहर, गाउँ कै खाने रहन, स्वादका लागि हैन स्वास्थयका लागि खाऔं मुल नाराका साथ सुरु भएको महोत्सव आगामी ७ गतेसम्म सञ्चालन गरिने आयोजक सुमन दाहालले जानकारी दिए । महोत्सवको पहिलो दिनमा नै उत्साहजनक उपस्थित भएको बताउँदै दाहालले यस अवधिमा ५०० जनाले अवलोकन गराउने लक्ष्य रहेको बताए । मौलिक र रैथाने खानामा स्वास्थ्यमा ख्याल राख्ने आम मानिसको विशेष चासो बढ्दै गएकोले यो कार्यक्रम सञ्चालन गरेपछि आफु उत्साहित भएको उनको भनाई छ ।
सात दिन चल्ने कार्यक्रममा विभिन्न स्वदेशी र रैथाने खानाको परिकारको स्टल राखिने भएको छ भने एक सेट खाना निशुल्क चखाउने व्यवस्था गरिएको छ ।

मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारकोे महत्व बुझाउने उद्देश्यले जैविक विबिधता दिवस को अवसरमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि ज्ञान केन्द्र ललितपुर, राष्ट्रिय युवा परिषद, बुढानिलकण्ठ नगरपालिका र लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा मौलिक भान्छाघरले कार्यक्रम गर्न लागेको हो ।

 


माघ १ (भोलि) देखि सात दिनसम्म चल्ने मेलामा माघ संक्रान्ति विशेष तिलको लड्डु, चाकु, घ्यु, तरुल, खिचडी, मासको बारा, फापरको फुरौला, मार्सी चामलको कसार, सख्खरखड्डा, पिडालु र फर्सीका परिकारहरु खान पाइने व्यवस्था गरिएको छ ।
माघे संक्रािन्तसँग सम्बन्धित परिकारसँतै सात दिनसम्म सात प्रदेशका परिकारहरु अवलोकन तथा खाने व्यवस्था गरिएको छ । आयोजक दाहाल भन्नुहुन्छ, ”हामीले यसै पनि यहाँ ७५३ पालिकाका खाद्य वस्तु तथा प्रांगारिक उत्पादन प्रवद्र्धन गर्दै आइरहेका छौं । हामी कहाँ सातै प्रदेशका परिकार खान र लान पाइने व्यवस्था छ । जैविक विविधता दिवसको समेत अवसर पारेर हामी आयोजक तथा सहआयोजकले मौलिक खाना प्रवद्र्धनको लागि यो कार्यक्रम आयोजना गरिएको हो ।”

मौलिक भान्साघरले माघीका परिकारसँगै प्रदेश १ मा पाइने किनेमा र झ्याउन (राई, लिम्बुको विशेष खाना), मधेश प्रदेशको विशेष खाना भक्का, बागमती प्रदेशमा प्रचलित योमरी (नेवार जातीको विशेष खाना), गण्डकी प्रदेशमा चर्चित खिर र सेल रोटी, लुम्बिनी प्रदेशमा पाइने खिचडी र ढिकृ, कर्णालीको मार्सी खाना सेट र सुदूर पश्चिमको माडासमेतको व्यवस्था रहेको छ ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...