CG Electronics
IME Life
NIMB

२० वटा वाणिज्य बैंकमध्ये ८ वटा बैंकको प्रतिसेयर आम्दानी घट्यो, कुन बैंकको अबस्था कस्तो ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

गत आवको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी औसतमा १९ रुपैयाँ ८० पैसा रहेको थियो । चालु आवको पुस मसान्तसम्ममा यो रकम ०.९७ प्रतिशतले बढेर १९ रुपैयाँ ९९ पैसा पुगेको छ । २० वटा वाणिज्य बैंकमा कृषि विकास बैंकको प्रतिसेयर आम्दानी ऋणात्मक रहेको छ ।

२० वटा वाणिज्य बैंकमध्ये ८ वटा बैंकको प्रतिसेयर आम्दानी घटेको छ । ११ बैंकको भने बढेको छ । पुस मसान्तसम्म प्रतिसेयर आम्दानी घटेका बैंकमा ग्लोबल आइएमई, सिटिजन्स बैंक, प्राइम बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, सनराइज बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ ।

चालु आवको ६ महिनामा ग्लोबल आइएमई बैंकको प्रतिसेयर आम्दानी ४.३२ प्रतिशतले घटेर १८ रुपैयाँ ०७ पैसा रहेको छ । सिटिजन्स बैंकको ०.३८ प्रतिशतले घटेर १७ रुपैयाँ ४५ पैसा, प्राइम बैंकको ०.९६ प्रतिशतले घटेर १७ रुपैयाँ ०३ पैसा, सिद्धार्थ बैंकको ८.५९ प्रतिशतले घटेर १६ रुपैयाँ ५३ पैसा, नेपाल बैंकको ३.७४ प्रतिशतले घटेर १५ रुपैयाँ ९३ पैसा रहेको छ ।

यस्तै सनराइज बैंकको १.८१ प्रतिशतले घटेर १२ रुपैयाँ ९३ पैसा, प्रभु बैंकको ९.६७ प्रतिशतले घटेर १० रुपैयाँ १९ पैसा रहेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ रुपैयाँ १३ पैसा रहेको छ । बाँकी बैंकको प्रतिसेयर आम्दानी बढेको छ ।

कुन बैंकको बढी, कुनको कम ?

पुस मसान्तसम्म सबैभन्दा बढी प्रतिसेयर आम्दानी गर्नेमा एनआईसी एसिया बैंक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी हाल ५६ रुपैयाँ ७७ पैसा रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी गत आवको तुलनामा चालु आवमा १५.३४ प्रतिशतले बढेको छ । सबैभन्दा कम प्रतिसेयर आम्दानी हुने बैंकमा प्रभु बैंक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी १३.६९ प्रतिशतले बढेर ३७ रुपैयाँ १९ पैसा रहेको छ । २० देखि ३० रुपैयाँको बिचमा प्रतिसेयर आम्दानी गर्ने बैंकमा ५ वटा बैंक रहेका छन् । एभरेष्ट बैंकको २९ रुपैयाँ ६९ पैसा, नबिल बैंकको २५ रुपैयाँ ३३ पैसा, नेपाल एसबिआई बैंकको २३ रुपैयाँ ९६ पैसा, एनएमबि बैंकको २० रुपैयाँ ७० पैसा र सानिमा बैंकको २० रुपैयाँ ६९ पैसा रहेको छ । यता १२ वटा बैंकको भने २० रुपैयाा भन्दा कम रहेको छ ।

जसमा माछापुच्छे« बैंकको १९ रुपैयाँ ९९ पैसा, लक्ष्मी बैंकको १८ रुपैयाँ ६५ पैसा, ग्लोबल आइएमई बैंकको १८ रुपैयाँ ०७ पैसा, सिटिजन्स बैंकको १७ रुपैयाँ ४५ पैसा, प्राइम बैंकको १७ रुपैयाँ ०३ पैसा, सिद्धार्थ बैंकको १६ रुपैयाँ ५३ पैसा, नेपाल बैंकको १५ रुपैयाँ ९३ पैसा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १५ रुपैयाँ ६१ पैसा रहेको छ ।

सिभिल बैंकको १४ रुपैयाँ ४ पैसा, हिमालयन बैंकको १३ रुपैयाँ ६३ पैसा, सनराइज बैंकको १२ रुपैयाँ ९३ पैसा, प्रभु बैंकको १० रुपैयाँ १९ पैसा प्रतिसेयर आम्दानी रहेको छ ।

प्रतिसेयर आम्दानी धेरै भएका बैंकलाई राम्रो बैंक मानिन्छ भने कम भएकालाई कमसल खालको मानिन्छ । सेयर लगानीकर्ता उच्च प्रतिफल दिने कम्पनीमा लगानी गर्न रुचाउँछन् ।

लगानीकर्ताको आकर्षण पनि उच्च प्रतिफल दिने कम्पनीमा हुन्छ । लगानीकर्ताले कम्पनीले आर्जन गरेको नाफाभन्दा पनि कम्पनीले आर्जन गरेको प्रतिसेयर आम्दानीलाई हेरेर लगानी गर्ने गर्दछन् । बढी प्रतिसेयर आम्दानी भएका कम्पनीमा लगानी गर्नु राम्रो मान्ने गरिन्छ ।

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...