CG Electronics
IME Life
NIMB

नेप्सेकाे परिसूचक ४.४ अंकले उकालो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१७८ विन्दुबाट खुलेर अन्तिम दिन २१८३ विन्दुमा पुगेर बन्द भएको छ। अर्थात् साताभरि नेप्से परिसूचक ४.४ अंकले उकालो लाग्यो।

 

आइतबार सार्वजनिक विदा हुँदा नेप्से सोमबार कारोबार सुरु भएकै पहिलो दिन परिसूचक १३.७१ अंकले घट्यो। मंगलबार र बुधबार पुनः १८.५७ अंकले उकालो लागेको बजार अन्तिम कारोबार दिन झिनो (०.४१) अंकको गिरावट आयो। अन्तत यो साता सामान्य अंकले बढ्न सफल भयो। साताभरि सामान्य अंकले बढेको बजारमा १३ अर्ब बढीको कारोबार भयो। यो साता बजार साढे २२ सय विन्दुमाथि उक्लिएपनि टिक्न भने सकेन। मंगलबार बजारले उच्च २२०३ विन्दु र अन्तिम कारोबार दिन बिहीबार २२०१ विन्दु समाते पनि अडिन भने सकेको थिएन।

 

दुई कारोबार दिन २२ सय विन्दुको प्रतिरोध सामना गरेको बजार पार गर्न भने सकेन। आगामी साता २२ सय विन्दुलाई तोड्नु बजारको प्रमुख लक्ष्य हुने देखिएको छ। यो साता लगानीकर्ताहरुको ट्रेन्ड २२०० पुग्ने बित्तिकै सेयर बेच्ने गरेको देखिँदै आएको छ। २२०० बाट बजार फर्किने क्रममा धेरै ठूलो गिरावट भने आएको छैन। यो साता बजार २१८३ को विन्दुमा आएर बन्द भयो। त्यसैले बजारलाई २२ सय विन्दुमाथि उक्लिन प्रतिरोध भए पनि केही सकारात्मक कुरा आउनेबित्तिकै यो क्षेत्र सजिलै तोडिने र यो क्षेत्र बलियो टेवा बन्ने जानकार बताउँछन्।

 

त्यसैगरी यो साता खराब कर्जा वृद्धिको कारणले गर्दा वाणिज्य बैंकको नाफामा दबाब परेको र लगानीकर्ताले सोचेजस्तो बैंकहरुको रिपोर्ट आउन नसकेको कारणले गर्दा सबैभन्दा ठूलो बजार पूँजीकरण भएको क्षेत्र वाणिज्य बैंकको सेयरको मूल्य बढ्न सकेन। जसले गर्दा बजारलाई २२०० को विन्दु तोड्न केही अप्ठेरो परेको देखिन्छ। यता कर्जाको ब्याज नघटेको समाचार आएसँगै लगानीकर्ताहरु उत्साहित नभएको पनि देखिन्छ। स्प्रेडदर पनि २०७९ चैतबाट मात्र घट्नेछ। कर्जाको ब्याजदर तत्कालै नघट्ने नदेखिँदा लगानीकर्ता २२ सय विन्दुलाई पर्खिरहेको छन्।

 

साथै, बजारले २२ सय विन्दुको प्रतिरोध सामना गरेर माथि गएमा त्यो सपोर्ट हुन्छ। प्रतिरोध जति बलियो हुन्छ, तोडिएमा त्यो त्यति नै बलियो सपोर्ट पनि हुने गर्छ। बजार राम्रो कारोबार रकममा साथ २२०० को क्षेत्रमाथि केही दिन बस्न सकेमा बजारले यो क्षेत्रलाई बलियो टेवाको रुपमा ग्रहण गर्ने देखिन्छ।

 

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए यो साता
साताको पहिलो कारोबार दिन सोमबार आर्दश लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको थियो। त्यस्तै कुमारी बैंकको सेयरमूल्य ९.९९ र सानिमा जनरल इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढेको थियो। मंगलबार सूर्यादय वोमी लघुवित्तको ९.७७ प्रतिशत, शिवश्री हाइड्रोपावरको ९.२ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ।

 

बुधबार ग्रिनलाइफ हाइड्रोपावर र आर्दश लघुवित्तको सेयरमूल्य १० प्रतिशत र सानिमा जीआईसीको ९.९९ प्रतिशतले बढेको थियो। बिहीबार लुम्बिनी जनरल इन्स्योरेन्स, आर्दश लघुवित्त र बाराही हाइड्रोपावको सेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको थियो।

 

सर्वाधिक कारोबार भएका कम्पनी
साताको पहिलो कारोबार दिन नेप्सेमा कुमारी बैंकको कारोबार भएको थियो। बैंकको २७ करोडको सेयर कारोबार भएको थियो। त्यसैगरी एनआईसी एसिया बैंकको १२ करोड ७५ लाख र रिडी पावरको ११ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो।

 

मंगलबार नेपाल टेलिकमको १२ करोड ९१ लाख, शिवश्री हाइड्रोपावरको १० करोड ४१ लाख र अपी पावरको ९ करोड ३० लाख कारोबार भएको छ। बुधबार नेसनल हाइड्रोपावरको १० करोड १४ लाख, हिमाल दोलखा हाइड्रोपावरको ९ करोड २१ लाखको कारोबार गरेको छ। त्यसैगरी बिहीबार समृद्धि फाइनान्सको ९ करोड ७० लाख, रिडी पावरको ८ करोड ६१ लाख र अँखु खोलाको ७ करोड ३८ लाखको कारोबार भएको छ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...