CG Electronics
IME Life
NIMB

उद्योगी व्यवसायीहरुको पिडा बुझेर सरकारले सही नीति अवलम्बन गर्नुपर्छ : पूर्वमन्त्री यादव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

वीरगञ्ज । सरकारले सही नीति अवलम्बन नगर्दा उद्योगी व्यवसायीहरु मार्कामा परेको पूर्वमन्त्री एवम् सांसद् प्रदीप यादवले बताएका छन् ।

शुक्रबार वीरगञ्जमा आयोजित रूँगटा वेलफेयर सोसाइटीको ११ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद् यादवले उद्योगी व्यवसायीहरु मार्कामा परेर आफ्नो ज्यान लिने अवस्था पुग्दासमेत सरकारले सही नीति अवलम्बन नगर्नु दु:खद् भएको बताए ।

सांसद् यादवले भने, ‘ब्याङ्कले बढाउँदै गएको चर्को व्याजदरको कारण उद्योगी र व्यवसायी पिडामा छन् । आफ्नो ज्यान लिने अवस्थामा पुगिसकेका छन् । राज्यले केही गम्भीर कदम उठाउन आवश्यक छ । हाल राज्यको काम गर्ने प्रणाली कमजोर छ । सुधार नल्याए निश्चित रुपले देश ठूलो सङ्कटमा पर्छ ।’

ब्याङ्कले बदमासी गरिरहेको अवस्थामा नेपाल सरकारका गभर्नरले पनि उनीहरुको साथ दिरहेको यादवले आरोप लगाए । ‘ब्याङ्कहरुले ढाड सक्ने किसिमले व्याजदर बढाएका छन् । उद्योगीदेखि साना व्यवसायीसमेत सरकारसँग हार गुहार गरिरहेका छन् । यस्तो अवस्थामा गभर्नरले ब्याङ्को पक्षमा बोलिरहेका छन् । यो भन्दा ठूलो दुर्भाग्यपूर्ण कुरा के हुनसक्छ’, पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले भने ।

उनले राज्यले विदेशीहरुबाट चर्को दरमा ऋण उठाएर अनावश्यक लगानी गर्दै नागरिकमाथि आर्थिक भार थपेको आरोपसमेत लगाए । पोखरा र भैरहवा विमानस्थलको उदाहरण दिँदै उनले भने, ‘अध्ययन, अनुसन्धान र दुरगामी सोचनै नराखी चर्को व्याजदरमा अन्य मुलुकसँग ऋण लिएर आज हामीले पोखरा र भैरहवामा ठूलाठूला विमानस्थल त बनायौँ तर आज त्यहाँको अवस्था के छ, त्यो कसैसँग लुकेको छैन । निजगढ विमानस्थलमा लगानी गर्नुपर्ने ठाउँमा सरकारले भविष्यनै नभएको ठाउँमा त्यत्रो लगानी गरेर नागरिकमाथि आर्थिक भार थप्ने बाहेक कुनै काम गरेको छैन। म लेखेर दिन्छु दुवै विमानस्थल फेलियर हुन्छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सादस्य एवम् वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुवोधकुमार गुप्ता, सङ्घका निवर्तमान अध्यक्ष एवम् नेपाल भारत सहयोग मञ्‍चका अध्यक्ष अशोक बैद्य, महासङ्घका केन्द्रीय सदस्य गोपाल केडियालगायतले शुभकामना मन्तव्य राख्दै सोसाइटीले गर्ने कामको प्रसंसा गरेका थिए ।

सोसाइटीका संस्थापक एवम् अध्यक्ष मुरलीधर रूँगटाको सभापतित्वमा भएको कार्यक्रममा पर्सा र बाराका १४ वटा शैक्षिक एवम् सामाजिक संस्थाकलाई पङ्खा, ह्विलचेयर, ब्यागलगायत अन्य शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसिया, वडा नम्बर ६ का वडा अध्यक्ष जयप्रकाश साह लगायतको सहभागिता रहेको थियो ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...