CG Electronics
IME Life
NIMB

आइएमई लाइफको नयाँ बोनसदर सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आ.व.२०७८ /७९ को नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीको आ.व२०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर सार्वजनिक गरेको हो ।
न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म कम्पनीले बीमितहरुको लागि बोनसदर निधार्रण गरेको छ ।

सावधिक तथा सामूहिक जीवन बीमालेख

सावधिक तथा सामूहिक जीवन बीमालेख अन्तर्गत बीमालेखमा कम्पनीले नौ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३२ रुपैयाँ बोनसदर घोषणा गरेको छ ।
१० देखि १४ वर्ष अवधिको लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३८ रुपैयाँ निधारण गरेको छ भने २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ छ भने यसै पोलिसीको ३० वा सोे भन्दा बढि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ निर्धारण गरेको छ ।

सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेख

सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखको अन्तर्गमा कम्पनीले ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३२ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ र ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको अन्तर्गत कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १५ र २० देखि २४ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँसम्म बोनसदर तोकेको छ ।

वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख( बाल किरण)
वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख( बाल किरण) को हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको मोतिविन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको...

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:२८

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर...

वि.सं.२०८३ जेठ २६ मंगलवार १४:११

  नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन...

आईएमई लाइफ इन्स्योरेन्सको साखस्तर वृद्धि, ‘केयर–एनपी ए’ प्राप्त

आईएमई लाइफ इन्स्योरेन्सको साखस्तर वृद्धि, ‘केयर–एनपी ए’...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:१४

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत साख मूल्याङ्कनमा...