नेपाल फिल्म सोसाइटी अमेरिकाको संरक्षकमा सुनिल पाठक मनोनित
Thursday Feb 09, 2023
वि.सं.२०७९ माघ २६ बिहीवार २२:४६
अमेरिका । नेपाल फिल्म सोसाइटी अमेरिकाको संरक्षकमा सुनिल पाठक मनोनित हुनुभएको छ।
बिगत लामो समय देखि अमेरिकामा बसेर नेपाली चलचित्रको प्रबर्द्धनमा लागि नेपाली कला संस्कृति, भाषाको संरक्षण तथा सम्बर्धन गर्दै आउनुभएको सुनिल पाठक नेपाली समुदायमा मात्र नभई बिदेशी नागरिक बीच समेत उत्तिकै लोकप्रिय हुनुहुन्छ।
बिसेष गरि नेपाली चलचित्रलाइ अन्तराष्ट्रिय क्षेत्रमा स्थापित गराउनु पर्छ भनेर लागिपर्नु भएका सुनिल पाठक कालाकारहरुको समेत प्रिय पात्रका रुपमा परिचित हुनुहुन्छ।
नेपाल फिल्म सोसाइटी अमेरिकाको विधि विधान, विश्वसनीयता मर्यादा र सिद्धान्तलाई संरक्षकत्वको प्रदान गर्नेछ र संस्थाको गरिमालाई उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वासका साथ संरक्षकको रुपमा चयन गरिएको नेपाल फिल्म सोसाइटी अमेरिकाको अध्यक्ष नबराज श्रेष्ठ बताउनुहुन्छ।





























