केएमसीमा रोजगार मेला
Sunday Dec 09, 2018
वि.सं.२०७५ मंसिर २३ आइतवार ०५:५४

काठमाडौं । केएमसी एजुकेशनल नेटवर्कद्वारा सञ्चालित हिमालय कलेज अफइन्जिनियरिङ, काठमाडौं मोडेल कलेज र अपोलो इन्टरनेसनल कलेजको संयुक्त आयोजनामा काठमाडौं मोडल कलेज बालकुमारीको प्राङ्गणमा मंसीर २१ गते बृहत् रोजगार मेला सम्पन्नभएको छ ।
बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालितउक्त मेलाको सम्ुद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हरिभक्त शर्माले भन्नुभयोे–“देश हाम्रो हो, हामीले बनाउने हो, हामीसँग प्रचुर सम्भावनाहरू छन् ।
नेपाल प्रकृतिको अनुपम उपहार हो ।बस्नका लागि यो संसारकै सुन्दर स्थान हो । यहाँका अनन्त सम्भावनाहरूको खोजी गरी देशको नवनिर्माण गर्ने जिम्मा विद्यार्थीको काँधमा छ ।”
हिमालय कलेज अफइन्जिनियरिङ, काठमाडौं मोडेल कलेज र अपोलो इन्टरनेसनल कलेजका विद्यार्थीहरूमा लक्षित उक्त मेलामा २० ओटा प्रतिष्ठित रोजगारदाता कम्पनीहरू सहभागी भएका थिए ।
मेलामा विभिन्न रोजगारदाता कम्पनीहरूले आवश्यक जनशक्ति अन्तर्वार्ताबाट छनोट गर्ने आयोजक संस्थाकानिर्देशककपिलदेव रेग्मीले जानकारी दिनुभएको थियो । मेलामा नेटवर्क अन्तर्गतका झण्डै १०० जनाविद्यार्थीहरूले सहभागिता जनाएका थिए । उक्त मेलाको लागि पूर्वतयारीका रूपमाआफ्नो वैयक्तिक विवरण (सिभि) लेखन र समूह छलफल लगायतका कार्यक्रममा सहभागी भएका थिए ।
तिनै विद्यार्थीहरूले मे्लाका दिनमा रोजगारदाता संस्थाका प्रतिनिधिलाई आफ्नो अन्तर्वार्ता दिए । त्यसैबाट रोजगारदाताकम्पनीहरूले आफूलाई आवश्यक पर्ने जनशक्तिको छनोट गर्न लागेका छन् । उक्तमेलाको आयोजना मेरो जब नामक संस्थाको साझेदारीमा सम्पन्न भएको हो । मेरो जव संस्थाका कार्यकारी निर्देशक शैलेन्द्रराज गिरीले सहकार्य गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा कपिलदेव रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेटवर्कका निर्देशक किशोर गौतमले कार्यक्रमको महत्त्व माथि प्रकाश पार्नुभएको थियो ।
यसैगरी हिमालय कलेज अफ इन्जिनियरिङका प्राचार्य इन्जिनियर मदन शर्माको अध्यक्षतामा सञ्चालित कार्यक्रममा केएमसी एजुकेशनल नेटवर्कका प्रबन्धनिर्देशक रामेश्वर अर्यालले प्रमुखअतिथितथाअतिथिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रम उपलब्धिमूलक रहेको रविद्यार्थीहरूलाई प्रोत्साहित भएको सहभागी विद्यार्थीहरूले जानकारी दिए ।




























