CG Electronics
IME Life
NIMB

काठमाडौंमा हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौंमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम सफलतापूर्वक सम्पन्न भएको छ। नाइमा (Nepal Automobile Importers and Manufacturers Association) को समन्वयमा आयोजित उक्त तालिम United Traders Syndicate Pvt. Ltd. को प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

काठमाडौँस्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा CTEVT (Council for Technical Education and Vocational Training) अन्तर्गत Balaju School of Engineering and Technology का डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू, ट्राफिक चालक तथा अन्य सहभागी गरी २५ भन्दा बढीको उपस्थिति रहेको थियो। सहभागीहरूलाई हाइब्रिड सवारीसाधन प्रविधिबारे विशेष प्राविधिक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

तालिमका क्रममा सहभागीहरूले हाइब्रिड सवारीसाधनको कार्यप्रणाली, सुरक्षा मापदण्ड तथा मर्मतसम्भार सम्बन्धी महत्वपूर्ण ज्ञान र व्यावहारिक सीप हासिल गरेका छन्। यसअघि उनीहरूले Laxmi Hyundai मा आयोजित तीनदिने विद्युतिय सवारीसाधनसम्बन्धी तालिममा पनि सहभागिता जनाइसकेका थिए।

कार्यक्रममा बोल्दै नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले यस्ता तालिमहरूले प्राविधिक शिक्षा र विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले माग र स्रोतका आधारमा यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने जानकारी दिए।

त्यसैगरी, CTEVT का उपनिर्देशक खुशीराम अधिकारीले हाइब्रिड सवारीसाधनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने विषयमा प्राथमिकता दिइने बताए। उनले नेपालको भौगोलिक विविधतालाई ध्यानमा राख्दै यस्ता सवारीसाधनको सान्दर्भिकता बढ्दो रहेको उल्लेख गरे।

बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका उपप्राचार्य प्रदीप न्यौपानेले अटो उद्योग र प्राविधिक शिक्षाबीच सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले हालै सम्पन्न विद्युतिय सवारीसाधनसम्बन्धी तालिमले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुगेको बताए।

समापन सत्रमा Vaidya Organization of Industries and Trading Houses का निर्देशक सूर्यांश वैद्यले यस्ता तालिमहरूले सहभागीहरूको पेशागत विकासमा टेवा पुर्‍याउने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने धारणा व्यक्त गरे।

उक्त तालिम शृङ्खलाअन्तर्गत हाइब्रिड सवारीसाधनसम्बन्धी प्रशिक्षण टोयोटाका प्राविधिक विज्ञहरूले प्रदान गरेका थिए भने विद्युतिय सवारीसाधनसम्बन्धी तालिम लक्ष्मी हुन्डाईका विशेषज्ञहरूले सञ्चालन गरेका थिए। यसले सहभागीहरूलाई दुवै प्रविधिमा आधारभूत तथा व्यावहारिक ज्ञान प्रदान गरेको आयोजकको भनाइ छ।

नाइमाले प्राविधिक क्षमता अभिवृद्धि तथा मोबिलिटी क्षेत्रको विकासका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तर अघि बढाउँदै आएको जनाएको छ।

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...