CG Electronics
Ncell NPL
NIMB

सरकारको काम सन्तोषजनक भएन, पुनर्निर्माण गरेर अगाडि बढ्नु पर्छ : झलनाथ खनाल

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारको काम सन्तुष्टिजनक नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले वर्तमान सरकारको कुनै विकल्प नभए पनि जनअपेक्षा अनुसार सरकारलाई चुस्त बनाउन सरकार पुनर्निर्माण गर्नुपर्ने बताएका हुन् ।

शनिबार पार्टी सचिवालय वैठक वहिष्कार गरेका नेता खनालले आइतबार नयाँवानेश्वरमा आयोजित एक कार्यक्रममा भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनका लागि चुनौतीको शिखर सगरमाथाभन्दा अग्लो छ ।’

उनले थपे, ‘टुप्पीमा बसेका एउटा नेताले भर्खरै एउटा बैठकमा के उद्गार गर्नुभयो भने नेकपा भनेको कुनै आइडोलोजिकल पार्टी होइन ।’

पार्टी कार्यशैलीप्रति निकै असन्तुष्टि देखाउँदै उनले भने, ‘उसो भए महन्थको पार्टी र नेकपामा के फरक भयो रु कम्युनिस्ट पार्टी भनेको आइडोलोजिकल, सैद्धान्तिक र दार्शनिक पार्टी पनि हो, राजनीतिक पार्टी मात्र होइन ।’

उनले यो सरकार डुबे नेकपा पनि डुब्ने भएकाले सरकारले आफूलाई सच्याउनु पर्ने बताए । नेता खनालले चुनाव खर्चिलो बन्दै गएको भन्दै समाजवादी बाटोतर्फ लैजान सरकारलाई सुझाव दिए । साथै खनालले राष्ट्रियता कमजोर बन्दै गएको समेत बताएका छन् ।

सरकारले समेत थाहा नपाउने गरी गुप्त सम्मेलनहरु भइरहेको खनालले जानकारी गराए । पश्चिमा शक्तिले तराई टुक्राउन खोजिरहेको भन्दै खनालले त्यसतर्फ पनि सचेत रहनुपर्ने बताए ।

उनले शनिबारको वैठक वहिष्कारका बारेमा संक्षिप्त प्रतिक्रिया दिंदै भने, ‘हिजो मात्रै हाम्रो बैठक रोगीका कारण सर्‍यो रे । एउटा रोगी आएछ । खनालले थपे, ‘कहिलेकाँही ३ बजे भनेर बोलाइन्छ, ६ बजे शुरु हुन्छ । आज पनि यस्तै हो कि भनेर हामी हिंड्यौं । ठूलै हल्ला मच्चिए छ ।’

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...