IME Life
NIMB

एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा राठी र सञ्चालकमा भारी नियुक्त

NIMB
Himalayan Bank

 

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्तोष कुमार राठी र सञ्चालकमा दिनेश भारी नियुक्त भएका छन् ।

संस्थाको संस्थापक एनआइसी एसिया बैंक लिमिटेडको ५ गते बसेको सञ्चालक समितिको ५९०औं बैठकले उनीहरुलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाएको थियो । लघुवित्तको ८ गते बसेको १६६औं सञ्चालक समितिको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि उनीहरुलाई नियुक्त गरेको हो ।

उक्त सञ्चालक समिति बैठकबाट नै संस्थाको नियमावलीमा भएको व्यवस्थाबमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा सञ्चालक राठीलाई संस्थाको सञ्चालक समितिको अध्यक्ष चयन गरिएको उक्त संस्थाले जनाएको छ । उक्त पदमा यसअघि सञ्चालकहरु कपिल ढकाल र प्रकाश बराल संस्थापक समूहमा संस्थापक एनआइसी एसिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आइरहेका थिए ।

नवनियुक्त सञ्चालक (अध्यक्ष) राठीले ८ गते प्रचलित कानुन तथा नियमानुसार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा। गुणाकर भट्टसमक्ष सपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गरेका छन् । त्यस्तै सञ्चालक भारीले संस्थाका अध्यक्ष राठीसमक्ष सपथ ग्रहण गरी पद बहाल गरेको लघुवित्तले जनाएको छ ।

राठी र भारी हाल एनआइसी एसिया बैंकमा क्रमशः नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानुन अधिकृतमा कार्यरत छन् । राठीको बैंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव छ भने भारीको कानुन तथा बैंकिङ क्षेत्रमा करिब २२ वर्षको अनुभव छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले १६६औं सञ्चालक समितिको बैठकमा उच्चतम बैंकिङ अनुभव प्राप्त व्यक्तिहरुलाई संस्थाको सञ्चालकका रुपमा स्वागत गरेका थिए ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...