IME Life
NIMB

धोक्राको धोक्रा पैसा ल्याउछु भन्दै दुर्गा प्रसाईले यसरी दिए देश चलाउनेलाई दनक

NIMB
Himalayan Bank

 

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले देशमा बैंक तथा वित्तीय संस्थाहरुका कारणले आज मान्छे घरमा नबस्ने स्थिति बन्दै गएको बताएका छन् । उनले झापामा लघुवित्तका कारणले तीनजनाले एउटै रुखको हाँगामा झुण्डिएर आत्महत्या गर्न बाध्य भएको बताए ।

 

त्यो के कारणले भयो भनेर खोज्नुपर्दैन ? प्रेमप्रसादले त्यसै बानेश्वरमा आत्मदाह गरेको हो र ? यो त राज्यप्रणाली र बैकिङ सिस्टमको दोष हो । त्यस्तो सिष्टमलाई सुधार्नुपर्छ, प्रसाईले भने ।

 

आर्थिक मिडिया सञ्चालक संघ (इमान)सँगको छलफलका क्रममा उनले बैंक तथा वित्तीय संस्थाहरुबाट पीडितहरुको संख्या लाखौं भएको बताए । उनले भने– ‘२० लाखभन्दा मुनिको कर्जा मिनाहा हुनुपर्छ ।’ प्रसाईले सरकार नै जनतालाई उठिबास लगाउन लागिपरेको संकेत गर्दै भने– ‘भूमि आयोग गठन गर्ने, सुकुम्बासीलाई जग्गा दिने, बैंक तथा वित्तीय संस्था, लघुवित्तले लिगलीरुपमा लिलाम गर्दै जाने, आफ्नो कब्जामा लिंदै जाने । यो लुकिछिपी कहिलेसम्म गर्ने ?’

 

प्रसाईले अहिले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान चलाइरहेका छन् । यो केको लागि ? भन्ने इमानको प्रश्नमा उनले भने– ‘अहिलेका राजनीतिक दलहरुबाट यी सबै काम हुने, राष्ट्र, राष्ट्रियतालगायत बचाउ गर्न सक्ने हिम्मत रहेनछ । अब हामीले बचााउने हो ।

 

 

 

हामीले युनिभर्सिटी खोल्नुपर्छ । म दुबईबाट जति पनि पैसा ल्याइदिन्छु यो देश बनाउनलाई । ०.५ प्रतिशतमा पैसा ल्याइदिन्छु । तर तिनीहरुले किन पत्याउँदैनन् भन्दा यहींबाट दुबई पैसा गएको छ । देश चलाउन सक्दिन भनेर हाट उठाउन्, हामीलाई जिम्मा दिऊन्, म पचास बिलियन डलर रकम ल्याइदिन्छु ।’ प्रसाईले १० जना नेताले देश बिगारेको आरोपसमेत लगाए ।

 

 

उनले भने– ‘मुलुकको ५० खर्ब रकममध्ये ३० खर्बचाहिं ५५ जना व्यापारीले चलाएको छ । उनीहरु भाग्नासाथ देश टाट पल्टिन्छ । के ती व्यापारीहरुसँग त्यति ठूलो रकम लिनसक्ने धितो छ ?’ प्रसाईले प्रश्न गरे ।

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला...

वि.सं.२०८३ साउन २५ सोमवार २१:४८

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १०...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५९

  काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, १५ प्रतिशत नगद लाभांश प्रस्ताव

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...