NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २७ बुधवार

skip this leapmotornepal (citroen)

अमेरिकन कम्पनी सेक्युरिटी पालले नेपाल मार्फत पनि सेवा सुरू गर्‍यो, राजदूत थम्पसनले गरे उद्घाटन

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपाली मूलका उद्यमीले अमेरिकामा स्थापना गरेको कम्पनी सेक्युरिटी पालले नेपालमा पनि सेवा शुरू गरेको छ।
कम्पनीको अत्याधुनिक सुविधा सहितको सेक्युरिटी अपरेशन कमाण्ड सेन्टर मंगलबारदेखि औपचारिक रूपमा काठमाडौंमा सञ्चालनमा ल्याइएको छ। नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्प्सनले रिवन काटेर केन्द्रको उद्घाटन गरेका छन् ।

अमेरिका स्थित सिलिकन भ्यालीमा केन्द्रीय कार्यालय रहेको कम्पनी सेक्युरिटी पालले नेपालमा पनि सेवा शुरू गरेको हो । कम्पनीका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पुकार चन्द्र हमालले सिलिकन भ्यालीमा स्थापना गरेको करिब २ वर्षपछि नेपालमा पनि यसको शुरूवात गरेका हुन् ।

कम्पनीको उद्घाटन गर्दै राजदूत थम्पसनले सेक्युरिटी पालजस्ता कम्पनीले नेपालका निकै नै गतिशील उद्यमी तथा कम्पनीहरूलाई लाभ हुने विश्वास व्यक्त गरे । उनले विश्वमा यस कम्पनीको उपस्थिति निकै आवश्यक रहेको भन्दै आफूले कम्पनीको उद्घाटन गर्न पाएकोमा खुशी व्यक्त गरे ।

राजदूत थम्पसनले भने,‘यो कार्यक्रममा आउन पाउँदा म खुशी छु ।’

कम्पनीले गत वर्ष क्राफ्ट भेन्चर्सको नेतृत्वमा २१ मिलियन डलरको सिरिज ए को लगानी घोषणा गरेको थियो । सोही अन्तर्गत कमाण्ड सेन्टरको निर्माण भएको हो ।

 

सेक्युरिटी पालले एप्टियो इंक, हाईहेल्लो इंक र मटेरियल सेक्युरिटी इंक पनि आफ्नो ग्राहक पोर्टफोलिओमा थपिएको जानकारी सहित बजारमा आएको छ । नेपाली बजारमा समेत सेवा शुरू गर्न पाउँदा खुशी लागेको कम्पनीले जनाएको छ ।

 

कम्पनीले उद्यमीका लागि अग्रणी संस्था बन्ने लक्ष्यसहित बजारमा आएको जनाएको छ । सुरक्षा समीक्षा कार्यका कारण आम्दानी र सुरक्षामा कहिल्यै कमी हुन नदिने सुनिश्चितता आफूले दिन चाएको कम्पनीले जनाएको छ ।

अनुभवी सुरक्षा विश्लेषकहरू आवद्ध यस कम्पनीले जापानी, जर्मन, स्पेनिस, पोर्चुगिज्, फ्रान्सेली लगायतका भाषामा समेत सेवा प्रवाह गर्ने छ ।
सेक्युरिटी पालले स्केलिङ कम्पनी र उद्यमहरूलाई सुरक्षा समीक्षा र प्रश्नावलीहरूको जटिल एवम् विकसित प्रकृतिको सामना गर्न मद्दत गर्छ । कमाण्ड सेन्टरले ग्राहक कम्पनीका सुरक्षा कर्मचारीहरूलाई सहयोग गर्ने कम्पनीको भनाइ छ ।

‘सेक्युरिटी पालको अपरेशन कमाण्ड सेन्टरले डेटा सुरक्षाका लागि एप्टिओको प्रतिवद्धतालाई बलियो बनाउँछ,’ एप्टिओ इंकका एण्डी हचिसनले बताए ।

ग्राहकहरूको सुरक्षा सम्बन्धी आवश्यकता कम्पनीले पूरा गरिदिएपछि ती कम्पनीहरूले आफ्नो मुख्य व्यवसाय सञ्चालनमा ध्यान पुर्‍याउन सक्ने कम्पनीको विश्वास छ ।

 

सेक्युरिटी पालका सीईओ हमालले सेक्युरिटी पाल सातै दिन, २४ सै घण्टा सञ्चालनमा रहने बताएका छन् । नेपाली बजारमा आफ्नो कम्पनीले विश्वसनीय सेवा दिनेमा ढुक्क रहेको समेत उनको भनाइ छ ।

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

साउदी, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता, एकमाथिको आक्रमण सबैमाथिको आक्रमण मानिने

साउदी, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता,...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:४८

  काठमाडौं । साउदी अरब, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

काठमाडौंमा ‘कश्मीरको राजनीतिक भविष्य’ विषयमा अन्तरक्रिया, संवादमार्फत विवाद समाधानको आवश्यकता औंल्याइयो

काठमाडौंमा ‘कश्मीरको राजनीतिक भविष्य’ विषयमा अन्तरक्रिया, संवादमार्फत...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:१३

  काठमाडौं। नेपालस्थित पाकिस्तान दूतावासले काठमाडौंमा ‘कश्मीरको राजनीतिक भविष्यः कानुनी, कूटनीतिक...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...