NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २७ बुधवार

skip this leapmotornepal (citroen)

मन्त्रालयको संख्या तत्काल घटाउनु पर्छ : संसद डोल्मा तामाङ

NIMB
leapmotornepal (citroen)

 

 

प्रदेश १ । नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य डोल्मा तामाङले प्रदेश नम्बर एकको नाम सगरमाथा राख्न प्रस्ताव गरेकी छन् । कांग्रेस संसदीय दलको तर्फबाट सोमबार बैठकमा विशेष समयमा बोल्दै सांसद तामाङले अघिल्लो सरकारले प्रदेशको नाम राख्न नसेकेको भन्दै अब विलम्ब नगरी नामकरणमा जोड दिनुपर्ने बताइन् ।

 

“संसारले चिनेको विश्वकै अग्लो शिखरको नामबाट प्रदेश १ को नाम राख्न उपयुक्त हुन्छ, सगरमाथाको देश भनेर चिनिएको नेपालमा प्रदेशको नाम राख्न हामी किन पछि परिरहेको छौं,” तामाङले भनिन्, “यो निर्णय गर्दा सबैको शिर उँचो हुन्छ । इज्जत पनि बढ्छ ।” अरू सबै प्रदेशले नाम राखिसकेको अवस्थामा प्रदेश १ ले अहिलेसम्म नाम राख्न नसक्दा शिर झुेकेको उनले बताइन्।

 

उनले प्रदेशले खर्च बढाएको भन्ने आरोपलाई चिर्न मन्त्रालयको संख्या घटाउने काम भएको र प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने बताइन् । उनले कांग्रेस रचनात्मक प्रतिपक्षीको भूमिकामा रहने पनि बताइन् । संसद डोल्मा तामाङ नेपाल महिला संघको पूर्व केन्द्रीय सदस्य एवम् नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य समेतको अनुभव संगाली सकेकि युवा नेत्री हुन्। हेर्नुहोस पूर्ण पाठ स्

 

सम्माननीय सभामुखज्यू,

प्रदेश सभाले ५ वर्षको कार्यकाल पुरा गरी दोश्रो कार्यकालको यो सम्मानीत सदनमा पहिलो पटक उभिएर आफनो कुरा राख्ने मौका पाउँदा म आफुलाई ज्यादै गौरवको अनुभुति भएको छ। मलाई यो सम्मानित प्रदेश सभा सम्म ल्याइपुर्याउने लोकतान्त्रिक प्रणाली स्थापित गर्न सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुलाई सम्झँदै संक्षेपमा आफ्ना केही कुरा राख्ने अनुमती चाहन्छु।

सभामुख महोदय,

राजनीतिले धेरै विश्वास गुमाउँदै रहेको अवस्थामा हामीले आफनो जिम्मेवारी गम्भीरता पुर्बक निर्वाह गर्नुपर्नेछ, अर्कोतिर प्रदेशको औचित्य मात्र होइन प्रदेश नै आवश्यक छैन भनी आमरुपमा धेरै खाले प्रश्न उठीरहेको सन्दर्भमा यी सबै खाले प्रश्नको जवाफ हामीले हाम्रो कामबाट दिने र प्रदेशको औचित्य सावित हुने गरी काम गर्नुपर्ने अवस्था सिर्जना भएको हामी सबैलाई अवगत नै छ । प्रदेश सभाको यो कार्यकाल गोल्डेन कार्यकालको रुपमा परिणत गर्न सबैले कडा मेहनत गर्न र इमान्दार हुन जरुरी छ ।

 

हामी जनप्रतिनिधी जनताप्रति जवाफदेही हुनै पर्छ, ७ वटा प्रदेशमा ६ वटा प्रदेशको नाम राख्ने काम भयो तर १ नं। प्रदेशको नामाकरण गर्न सकिएको छैन । यसले १ नं। प्रदेशको शिर निहुरिएको छ ,पहिलो काम हामीले प्रदेशको नामकरण गर्न आवश्यक छ । यो प्रदशेको नाम विश्वको अग्लो शिखर सगरमाथा राख्दा कसैलाई केही नोक्सानी हुँदैन ।

 

प्रदेशसभाको यो निर्णयले प्रदेशको शिर उच्च हुनेमात्र हैन, प्रदशकै शान बढ्ने कुरामा म विश्वस्त छु । म सभामुख मार्फत सबैमा हार्दिक आग्रह गर्दछु । साथै अर्कोतर्फ प्रदेशले खर्च बढायो मुलुकको अर्थतन्त्रले खर्च धान्न सक्तैन भन्ने आवाज उठेको छ, त्यसैले सरकार जोगाउन, सरकार बनाउन र टिकाउन विगतमा थपिएका मन्त्रालयहरु घटाउने कुरा सुरु भइसकेको छ ।

 

मन्त्रालयको संख्या तत्काल घटाई ६र७ मा कायम गरि प्रदेश माथि थुपारिएको आर्थिक भार कम गर्न म जोडदार माग गर्दछु, अनावश्यक खर्चलाई रोक्ने काम नहुदाँ सम्म प्रदेश आवश्यक छैन भन्ने मुलुकमा देखिएको एक खाले जनमत घट्ने अवस्था छैन । यसतर्फ प्रदेश सभा गम्भिर हुनु अपरिहार्य छ ।

 

प्रदेश नं. १ मा हामीलाई सरकार निर्माण गर्ने वा सरकारको नेतृत्व गर्ने जनादेश प्राप्त थिएन, त्यसैले हामी जनताले दिएको आदेश अनुसार नेपाली काँग्रेस जिम्मेवार र रचनात्मक प्रतिपक्षमा रहेर आफ्नो भुमिका निर्वाह गन छ र सरकारको असल कामको समर्थन र गलत कार्यको विरोध एंवम खबरदारी गर्ने ब्येहोरा यो सम्मानित सभामा राख्न चाहन्छु । प्रदेशमा सबै सांसदहरुलाई समान व्यवहार र समान अवसर पाउनुपर्छ ।

 

पहुँच र दलिय आधारमा पक्षपात पूर्ण व्यवहार कसैले पनि अुनभव गर्न नपरोस्। आज केन्द्रमा विशिष्ट परिस्थिति सिर्जना भएको छ । देशलाई संकटबाट निकास दिन राष्ट्रिय सहमतिको वातावरण बन्ने आभास मिलेको छ । देशले एकता र परिवर्तन खोजेको छ । सुशासन, मितव्ययिता र न्यायोचित वितरण आजका मूलभूत आवश्यकता हुन् भन्ने कुरा हामी सबैले बुझन जरुरी छ ।

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...