रामपुकार यादवको नेतृत्वमा प्याबसन नगर इकाई समिति गठन
Monday Dec 10, 2018
वि.सं.२०७५ मंसिर २४ सोमवार १२:५८

निरंजन साह, जनकपुरधाम । धनुषाधाम नगरपालिकामा निजी तथा आवासीय विद्यालयहरुले नगर स्तरीय प्याबसन नगर इकाई समिति गठन गरेको छ ।
निजी तथा आवासीय विद्यालय संगठन नेपाल ९प्याबसन० ले पहिलो नगर अधिवेशनबाट रामपुकार यादवको नेतृत्वमा समिति गठन गरेको हो ।
प्याबसनका नगर संयोजक रामकुमार कार्कीको अध्यक्षतामा सोमबार धनुषाधाम नगरपालिका वडा नम्बर ८, मुलाबारीमा भएको कार्यक्रममा रामपुकार यादवसहित ७ सदस्यीय इकाई समिति सर्वसम्मतले गठन गरिएका छन ।
त्यस्तै, समितिको सचिवमा रामकुमार थापा मगर र कोषाध्यक्षमा सुरेश साह छन् भने सदस्यहरुमा महेश कुमार साह, लोकचन्द्र यादव, रामकैलाश यादव र गुणप्रसाद भण्डारी रहेका छन् ।
त्यस्तै, नगर समितिका प्रमुख सल्लाहकारमा नगर संयोजक रामकुमार कार्कीलाई चयन गरिएको छ भने सल्लाहकारहरुमा पूर्व जिल्ला सदस्य अनिल कुमार लाल कर्ण, नगर सचिव सञ्जय नेपाली र गौरीशंकर यादवलाई चयन गरिएका हुन् ।
प्याबसनका नवगठित कार्य समितिका अध्यक्ष रामपुकार यादवले यसै नगरपालिकाका वडा नं। ९, धारापानीमा श्री बुद्ध पाठशालाका सञ्चालक हुन् भने सचिव रामकुमार थापा मगर वडा नं। ९, भिमानमा क्रियटिभ इंगलिश बोर्डिड्ड स्कूल र कोषाध्यक्ष सुरेश साह वडा नं। ७, शैलपुरमा लक्ष्मी इंगलिश बोर्डिड्ड स्कूलका सञ्चालक हुन् ।
त्यस्तै, सदस्यहरु महेश कुमार साह वडा नं। ३, धनुषाधाममा श्री बाल आवासीय विद्यालय, लोकचन्द्र यादव वडा नं। ८, किसानपुरमा गोल्डेन फ्युचर इंगलिश बोर्डिड्ड स्कूल, रामकैलाश यादव वडा नं। ६, हरिपुरमा न्यू सुपर सेन्स पब्लिक एकेडमी र गुणप्रसाद भण्डारी वडा नं। ९, धारापानीमा पिनाक इंगलिश बोर्डिड्ड स्कूल सञ्चालन गरिरहेका छन् ।
नगर समितिका प्रमुख सल्लाहकार रामकुमार कार्की वडा नं। ७, किसानपुरमा सनराइज इंगलिश बोर्डिड्ड स्कूल, सल्लाहकारहरु अनिल कुमार लाल कर्णले वडा नं। ३, धनुषाधाममा श्री धनुष आवासीय विद्यालय, सञ्जय नेपालीले वडा नं। ८, मुलाबारीमा भिजन इंगलिश एकेडमी र गौरीशंकर यादव वडा नं। ३, धनुषाधाममा धनुष बाल मन्दिर विद्यालय सञ्चालन गरिरहेका छन् ।
धनुषाधाम नगरपालिका वडा नं। ८ का वडाअध्यक्ष एवं नगर शिक्षा समितिका संयोजक विनोददीप लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा स्रोत व्यक्ति उद्धव आचार्य, प्याबसनका जिल्ला अध्यक्ष विश्वलाल सिंह, वरिष्ठ उपमध्यक्ष नवल यादव, जिल्ला सचिव विनोद यादव, केन्द्रीय सदस्य नरेन्द्र शर्मा, प्रदेश सह–सचिव महेश मण्डल, जिल्ला सदस्य पूर्णबहादुर लामा, पत्रकार मुकेश ठाकुर लगायत नगरका विद्यालय सञ्चालकहरुको उपस्थिति रहेको थियो ।



























