CG Electronics
IME Life
NIMB

कृषि विकास बैंक र नागरिक लगानी कोषबीच सम्झौता

NIMB
Himalayan Bank

 

काठमाडौं । नागरिक लगानी कोषमा रकम दाखिला गर्ने संस्थाहरुको दाखिला रकम सङ्कलन गर्ने सम्बन्धमा कृषि विकास बैंक र नागरिक लगानी कोषबीच सम्झौता सम्पन्न भएको छ ।

 

सम्झौतापत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् ।

 

नागरिक लगानी कोषले संचालन गरेको अनलाइन सेवा संचालन गर्ने प्रणाली र कृषि विकास बैंकको बैंकिङ प्रणालीबीच स्वचालित रुपमा एपिआई एप्लिकेसन प्रोग्रामि एन्टरफेस मार्फत् कारोवार गरी सेवा प्रदान गर्ने विषयमा दुवै पक्षबीच सम्झौता भएको हो ।

 

यस सम्झौतापश्चात नागरिक लगानी कोषमा रकम जम्मा गर्ने संस्थाले तलब भुक्तानी गर्दाको समयमा नै कृषि विकास बैंकको खाता छनौट गरी नागरिक लगानी कोषमा रकम जम्मा गर्न सक्नेछन् ।

 

यो सेवाको सुरुवात भएपछि नागरिक लगानी कोषमा रकम जम्मा गरी फाँटवारी पठाउनु पर्ने झन्झट नरहने कुरा नागरिक लगानी कोषका निर्देशक गोपाल घिमिरेले बताए ।

 

यस्तै, कोषका ८ लाखभन्दा बढी जम्माकर्ताहरुको विवरण बैंक र कोषको सफ्टवयरबीच स्वचालित प्रणालीबाट सम्वन्ध स्थापित भई फाँटवारी कायम हुने र हिसाब समायोजन तथा फाँटवारी व्यवस्थापनमा सहजीकरण भई दैनिक रुपमा कारोबार रिकन्सिलेशन हुन जाने कुरा समेत उनले बताए ।

 

संघ, प्रदेश र स्थानीय निकाय तथा अन्य संगठित संस्थाले आफ्ना कर्मचारीको कोष कट्टी वापतको रकम जम्मा कर्ताको बैंक खाताबाटै कृषि विकास बैंकमा रहेकोे नागरिक लगानी कोषको खातामा रकम जम्मा गर्न सक्ने भएकोले यो सम्झौतापश्चात कोषको खातामा रकम जम्मा गर्न बैंकसम्म जानु नपर्ने कुरा बैंकका उप–महाप्रबन्धक प्रताप सुवेदीले बताए ।

 

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५४

  काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि पदभार ग्रहण

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५०

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी...

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा बढी आर्जन, जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:४२

  काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ वर्षको गौरवमय...

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्ने अवसर

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:३३

  काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत ‘शेक...

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य, नागरिक एपबाट बैंकिङ फाराम भर्न सकिने

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य,...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:२०

  काठमाडौँ । एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग...