CG Electronics
IME Life
NIMB

नेपालमा लैङ्गिक समानता र महिलाहरूको वृद्धिका लागि भिभोको समर्थन

NIMB
Himalayan Bank

 

काठमाडौं । कोभिड महामारीपछि विश्वमा पारिस्थितिक प्रणालीमा आएको परिवर्तनका कारण नेपालमा महिला कामदारहरुले ठूलो चुनौती सामना गरिरहेका छन् । जब संसारभरका मानिसहरू आफ्नो घरमा थन्किएर बस्न बाध्य भए, महिला उद्यमीहरूलाई उनीहरूलाई जिम्मेवारीले बाच्नका लागि संघर्ष गर्न र आफ्नो प्राथमिकताहरू परिवर्तन गर्न विवश बनायो । यसले महामारीको समयमा धेरै महिला उद्यमीहरूलाई आफ्नो व्यवसाय बन्द गर्न निम्त्यायो । यद्यपि, केहि महिलाहरूले यी चुनौतीहरूलाई सामना गर्दै अरूलाई प्रेरित गर्ने अवसरमा परिणत गरे ।

भिभो, ग्लोबल स्मार्टफोन ब्रान्डले सबै लिङ्गहरूलाई समान रूपमा कदर गर्दै परिवर्तनलाई अघि बढाउने सबै महिलाहरूलाई प्रोत्साहित गर्ने आफ्नो विचारलाई उजागर गर्दै आइरहेको छ । भिभोले आफ्नो “बेन्फेन” अर्थात “सही कामहरु गर्ने र सही तरीकाले गर्ने” मिशनमा जोड दिँदै आएको छ । यसरी, महिलाहरुको भलाइका लागि प्रविधि निर्माण गरेर समाजमा महिलाहरूलाई सशक्तिकरण गर्न भिभो प्रतिबद्ध छ । निरन्तर प्राविधिक विकास र नवप्रवर्तनको माध्यमबाट उनीहरूले महिलालाई प्रभाव पार्न र सशक्तिकरण गर्न सक्छन् भन्ने विश्वास भिभोको छ । तसर्थ, उनीहरू समाजमा समतामूलक वृद्धि सुनिश्चित गर्न आवश्यक परिवर्तन ल्याउन निरन्तर प्रयासरत छन् । देशमा उद्यमशीलता र दीर्घकालीन आर्थिक स्थायित्वलाई सहयोग गर्ने प्रयासमा भिभोले ग्रामीण महिलाहरुको जीवनमा प्रभाव पार्न ठूलो काम गरेको छ । यसले महिलाहरूलाई व्यवसायीहरूसँग जोड्न, व्यापार सम्बन्ध स्थापना गर्न र समाजमा परिवर्तन ल्याउन मद्दत ग¥यो ।

नेपालमा महिलाहरूमा भिभोले गरेको प्रभावलाई प्रतिबिम्बित गर्न यहाँ केहि उदाहरणहरू छन्ः

विमला खतिवडाको पूर्वी नेपाल – धरानमा एउटा पसल छ, जुन पूर्ण रुपमा महिलाले मात्र चलाउँछन् । उनले २०६८ सालमा मोबाइल व्यवसाय सुरु गरेकी हुन् । त्यतिबेला न कुनै महिलाद्वारा सञ्चालित पसलहरु थिए न पसलमा महिला कमचारी हुने गर्थे । अहिले पनि स्वतन्त्र रूपमा मोबाइल पसल चलाउने महिला धेरै छैनन् । सुरुवाती दिनहरूमा, ग्राहकहरूले लैङ्गिक समानता र स्टिग्माका कारण उनको सीप र ज्ञानमा शंका गर्थे । तर चाँडै परिदृश्य परिवर्तन भयो र उनीलाई ग्राहकहरुले एक प्रोफेशनलको रुपमा चिन्न थाले र उनी यस क्षेत्रमा एक प्रमुख व्यवसायी बन्न सफल भइन । यस क्षेत्रमा महिलाहरूका लागि कुनै विशेष सुविधा नहुँदा पनि उनी यस क्षेत्रमा भिभोका लागि शीर्ष व्यापारीहरूमध्ये एक भइन् । यी सबै वर्षहरूमा, भिभोले उनलाई हरेक उत्तरचढावमा समर्थन गरेको छ, उनको व्यवसायको वृद्धि गर्न र यस उद्योगमा आफ्नो पहिचान बनाउन मद्दत गरेको छ । उनी महिला उद्यमीहरूलाई आईटी उद्योगमा सामेल हुन उत्प्रेरित गर्छिन् किनभने यो एक उच्च प्रतिफल दिने क्यारियर छनौट हो ।

अनिता श्रेष्ठ काठमाडौं उपत्यकाको बाहिरी भेगकी एक महिला व्यवसायी हुन् । उनले विगत तीन वर्षदेखि भिभो स्मार्टफोन बिक्री गर्दै आइरहेकी छन् । महिला उद्यमी भएता पनि उनले त्यस्तो कुनै बाधा व्यवधानको सामना गर्नुपरेको छैन, तर स्मार्टफोन उद्योग अत्यधिक पुरुष प्रधान उद्योग भएको र अझै पनि यस व्यवसायमा धेरै महिलाको आवश्यकता रहेको उनको बुझाई छ । उनी भिभोबाट प्राप्त निरन्तर सहयोग र प्रोत्साहनको लागि धेरै आभारी छिन् । उनी महिला दिदीबहिनीहरुलाई आफ्नो बन्धन तोड्न र उद्यमशीलता मार्फत आफूलाई सशक्त बनाउन प्रोत्साहित गर्छिन् ।

नुनिता कायस्था बनेपामा पसल चलाउँछिन् । उनी विगत पाँच वर्षदेखि यस उद्योगमा छिन् र सुरुवाती दिनदेखि नै सक्रिय रूपमा भिभोसँग काम गरिरहेकी छिन् । उनले ब्रिहत अर्थतन्त्रका कारकहरू बाहेक अरू कुनै त्यस्ता समस्याको सामना गरेकी छैनन् तर स्मार्टफोन उद्योगमा महिलाहरूको सहभागिता स्पष्ट रूपमा धेरै कम भएको महसुस गर्छिन् । उनी भिभोबाट प्राप्त निरन्तर सहयोग र आफूलाई उच्च क्षमता र विकास गर्ने अवसर प्रदान गरेकोमा भिभोको प्रशंसा गरिन् । यो निरन्तर सहयोगले उनलाई आफू र आफ्ना कर्मचारीहरूको लागि उत्कृष्ट वित्तीय परिणामहरू मापन गर्न मद्दत गरेको छ । उनले युवा महिला उद्यमीहरूलाई उनीहरूको सीपमा विश्वास गर्न र आफैंमा काम गरिरहन आग्रह गर्छिन् ।

यी सबै उद्यमीहरू नेपालमा परिवर्तनकारी र महिला सशक्तीकरणका वास्तविक उदाहरण हुन् । यी महिलाहरूले पुरानो सामाजिक संरचनालाई पार गरेर समाजलाई विकास गर्ने र समृद्ध नेपाल बनाउने आशा जगाएका छन् । यो महिला दिवसमा भिभोले यी अग्रणी महिलाहरुको कदमप्रति गर्व गर्दै उनीहरुलाई अगाडि बढ्न र अरुलाई पनि हौसला दिन प्रोत्सहान गर्दछ

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...