CG Electronics
IME Life
NIMB

सेयर बजारमा आएको गिरावटसँगै सरकारले प्राप्त गर्ने राजस्वमा पनि कमी

NIMB
Himalayan Bank

 

 

 

काठमाडौं । नेप्से परिसूचक घटेसँगै सरकारलाई प्राप्त हुने धितोपत्र पुँजीगत लाभकरमा भारी गिरावट आएको छ । सेयर बजारमा आएको गिरावटसँगै सरकारले प्राप्त गर्ने राजस्वमा पनि कमी आएको हो ।

अघिल्लो वर्ष माघ मसान्तको तुलनामा चालू आर्थिक वर्ष ०७९/८० को माघ मसान्तसम्म धितोपत्र पुँजीगत लाभकरबापत सरकारलाई प्राप्त हुने राजस्वमा ८३ दशमलव ४० प्रतिशतले गिरावट आएको छ ।गत आवको माघ मसान्तसम्म धितोपत्र पुँजीगत लाभकरबापत सरकारले नौ अर्ब ७६ करोड राजस्व संकलन गरेको थियो । तर, चालू आवको सोही अवधिमा एक अर्ब ६२ करोड मात्रै संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको ०७८/७९ साउनदेखि माघ मसान्तसम्म नेप्से परिसूचक उच्च बिन्दुमा पुगेको थियो ।०७८ साउनमा साताको पहिलो कारोबार हुँदा नेप्से परिसूचक दुई हजार नौ सय ८० दशमलव ६१ बिन्दुमा रहेको थियो । यसबीचमा नेप्से सूचक बढेर २ भदौ ०७८ मा तीन हजार एक सय ९८ दशमलव ६० बिन्दु रहेको थियो । अहिलेसम्मकै उच्च सो मितिमा कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब कायम थियो भने गत वर्ष फागुनमा कुल बजार पुँजीकरण ३६ खर्ब ६ अर्ब रुपैयाँमा आइपुगेको थियो ।

अघिल्लो वर्ष उच्चतम बिन्दुमा रहँदाको कुल बजार पुँजीकरण र मंगलबारसम्मको कुल बजार पुँजीकरणलाई तुलना गर्दा लगानीकर्ताले १६ खर्ब ४० अर्ब गुमाएका छन् । मंगलबार २३ फागुनमा कुल बजार पुँजीकरण २८ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ

त्यसअघिको उच्च बिन्दु ०७२ साउन १२ मा थियो । त्यतिवेला नेप्से परिसूचक एक हजार आठ सय ८१ बिन्दुमा पुग्दा कुल बजार पुँजीकरण २० खर्ब ७० अर्ब रुपैयाँ पुगेको थियो । त्यसयता घटेको बजार पुनः बढेर गत भदौ २ मा नेप्से परिसूचक र बजार पुँजीकरण दुवै हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनेको थियो । त्यसयता फेरि बजारले पुरानो उच्च बिन्दुको लक्ष्य भेटाउन सकेको छैन ।

चालू आर्थिक वर्षको साउनमा आइपुग्दा नेप्से परिसूचक दुई हजार ११ दशमलव ४० बिन्दुमा रहेको थियो । सेयर धितो कर्जामा चार करोडको सीमा हटाए पनि १२ करोडको सीमा कायमै राखिएको छ ।

 

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...