CG Electronics
IME Life
NIMB

नबिलले दियो सुरक्षित कार्यस्थलका लागि हिंसा तथा उत्पीडनको सुरक्षा तालिम

NIMB
Himalayan Bank

 

काठमाडौं । नबिल बैंकले आफ्ना कर्मचारीका लागि कार्यस्थल हिंसा तथा उत्पीडन विषयक कार्यशाला सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको कार्यशालाको उद्देश्य कार्यस्थलमा हुन सक्ने हिंसा तथा त्यसप्रति सचेतना भएको बैंकले जनाएको छ ।

७० जना कर्मचारीहरूका लागि फाइट–ब्याक नामक संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो । उपत्यका भित्रका शाखाहरूका लागि स्थलगत र बाहिरका सबै प्रदेशका शाखाहरू अनलाइन मार्फत सहभागी रहेको यस कार्यक्रममा बैंकका महिला तथा पुरुष कर्मचारीहरूको सहभागीता रहेको थियो ।

कार्यक्रमबाट कर्मचारीहरूले कार्यस्थल हिंसा तथा उत्पीडन भनेको के हो ? कार्यालयमा यस किसिमका गतिविधिहरू कुन तरीकाबाट हुन सक्छ ? यस्ता गतिविधिहरू हुन नदिन कसरी सजग सहनुपर्छ र यदि यस्ता गतिविधिहरू कार्यस्थलमा भइहाले आत्मरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत रूपमा व्यवहारिक तथा प्रयोगात्मक तरीका प्रदर्शन गरी जानकारी दिइएको थियो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना कर्मचारीहरूको मनोबल वृद्धि गर्न र समाजमा घट्न सक्ने गतिविधिहरूको सामना गर्न यस प्रकारको जानकारी मूलक कार्यक्रम उपयोगी रहेको बताए । नबिल बैंकले आफ्ना कर्मचारीहरूको मनोबल बढाउन यस्ता कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा नेपालको कानुनी व्यवस्था, हिंसा हुँदा प्रतिकार र आत्मरक्षा गर्ने तरिका तथा आफूसँग भएको सरसामानलाई औजारको रूपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी उपयोगी भएको एक सहभागी रिया बस्नेतले बताइन् ।

‘मैले यो कक्षामा आत्मरक्षा सम्बन्धी तरिका मात्र सिक्छु सोचेको थिए तर मैले धेरै उपयोगी सीपहरू सिक्न पाएँ । जस्तै कसरी यौन हिंसा अथवा कुनै दुव्र्यवहार हुँदा प्रस्तुत हुने, कसरी आफूलाई सुरक्षित राख्ने, आफ्नो आवाजलाई कसरी औजार बनाउने जस्ता धेरै कुरा सिक्न पाएँ । जसले मेरो आत्मबल बढेको छ’ उनले भनिन् ।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...