CG Electronics
IME Life
NIMB

नेपाल मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकहरुलाई डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदान

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको समन्वयमा मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकहरुलाई डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदान गर्दा आईपर्ने विभिन्न किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु तथा सो समस्याहरुको सम्भावित समाधान सम्बन्धी मिति २०७९ साल फागुन २६ गतेको दिन काठमाडौं स्थीत नेपाल हाउस रेष्टुरेन्ट, हात्तिसारमा सबै डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुको सहभागितामा एक अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ ।

डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुले नियमनकारी निकायबाट तोकिएका निती नियम, कार्यविधी तथा समयसमयमा जारी हुने निर्देशन बमोजिम नियमनकारी निकायले दिनुभएको प्रणालि प्रयोग गरी आफ्नो ग्राहकअरुलाई सेवा प्रदान गर्दै आएको छ र दैनिक जसो मर्चेन्ट बैंकर तथा सिडिएस बीच सम्नव्य भई कार्य हुने गर्दछ । सबै मर्चेन्ट बैंकिङ्ग संस्थाहरुले प्रदान गर्ने सेवाहरु एकै किसिमको हुने भएको हुनाले दैनिक कार्यसञ्चालनमा, सबै डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुले एकै किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु व्यहोर्नुपर्ने हुन्छ र नियमितजसो सिडिएससंग अलग अलग रुपमा सम्पर्कमा रहने गरिन्छ ।

यसै सन्दर्भमा यस अन्तरक्रिया कार्यक्रम मार्पत डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदान गर्दा आईपर्ने प्राविधिक तथा व्यवहारिक कठिनाईहरुमा केन्द्रित भई सामूहिक रुपमा अन्तरक्रिया गरी केकसरी सो सम्स्याहरुको समाधान गर्न सकिन्छ र सबैले आफ्नो ग्राहकहरुलाई छिटोछरितो रुपमा गुणस्तरीय सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ ।

सो कार्यक्रममा २५ डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुबाट ४६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । साथै सो कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउनको निमित्त स्रोत व्यक्तिको रुपमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तर्पबाट सूचना प्रविधि विभागका विभागिय प्रमुख तथा सहायक प्रबन्धक आदरणीय सुरेश न्यौपाने र कार्य संचालन विभाग तथा गुनासो व्यवस्थापन विभागमा अधिकृतको रुपमा कार्यरत आदरणीय देव राज रिजालको उपस्थीती रहेको थियो भने नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष तथा सनराईज क्यापीटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले धन्यवाद गरेका थिए ।

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...

स्प्रिङबेस एआईमा बहुभाषिक ‘भ्वाइस–टु–एजेन्ट’ सुविधा सार्वजनिक

स्प्रिङबेस एआईमा बहुभाषिक ‘भ्वाइस–टु–एजेन्ट’ सुविधा सार्वजनिक

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१०

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — संयुक्त राज्य...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भील’को औपचारिक शुभारम्भ

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भील’को...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:०६

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ एआई–सञ्चालित क्रिएटर मार्केटिङ...

हरित बैकिङ्ग पद्धति प्रवद्र्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स् बीच रणनीतिक साझेदारी

हरित बैकिङ्ग पद्धति प्रवद्र्धनका लागि कुमारी बैंक...

वि.सं.२०८३ असार ३२ बिहीवार २०:५५

सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवद्र्धनमा प्रतिबद्ध...