CG Electronics
IME Life
NIMB

सेयर बजारमा लगातार गिरावट आउँदा आँत्तिए लगानीकर्ता : बैंकको सेयरमा किन आयो बिक्री चाप ?

NIMB
Himalayan Bank

काठमाडौं । सेयर बजारमा लगातारको गिरावट आएको छ ।

बजारमा सेयर आपुर्ति धेरै रहेका कम्पनीहरुको सेयर मूल्य ओरालो लागेपछि लगानीकर्ताहरुको मनोवल खस्कदोँ छ ।
आज बुधबारको कारोबारमा दुई सय १४ कम्पनी मध्ये एक सय ४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसमा पनि धेरै सेयर आपुर्ति रहेका बाणिज्य बैंकहरुको सेयर मूल्य उल्लेखनीय रुपमा ओरालो लागेको छ ।

 

केही बाणिज्य बैंकको निस्क्रिय कर्जा बढ्ने हल्ला बजारमा फैलिएपछि बैंकिङ क्षेत्रको सेयरमा बिक्री चाप बढेको छ ।
बुधबारसम्ममा बाणिज्य बैंकको सेयर मूल्य लगातार खस्किएर १० वटा बैंकको सेयर मूल्य २०० रुपैयाँ हाराहारीमा झरिसकेको छ ।
त्यसैगरी लघुवित्त कम्पनीहरुमा ऋणीहरुको आन्दोलन र संभावित जोखिम ब्यवस्थापनको अन्योलले ती कम्पनीका सर्बसाधारण सेयर धनीहरुको मनोवल पनि कमजोर बनेर लगातार गिरावट आईरहेको छ ।

राष्ट्रपति निर्वाचनसँगै फेरिएको राजनीतिक गठबन्धन, नयाँ अर्थ मन्त्री को बन्ला ? भन्ने अन्यौल लगायतका कारणले पनि लगानीकर्ताहरुमा प्रभाव परेको छ । बैंकहरुले ब्याज दर घटाएको सुखद खबरको प्रभाव समेत सेयर बजारमा पर्न सकेको छैन । नयाँ अर्थमन्त्री चयन भएर विस्वासको वातावरण सिर्जना हुने प्रतीक्षामा रहेको लगानीकर्ताहरु बताउँछन्।

लगानीकर्ता नयन बास्तोलाले भने ‘बजार घट्नुपर्ने त्यस्तो महत्वपूर्ण कारण नै देखिदैन , नियामक निकायले लगानीकर्तालाई विश्वासमा लिन सकेको छैन् र अर्थमन्त्री को आउँछ भन्ने कुराले पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका हुन सक्छन् ।

नेपाल स्टक एक्सचेन्जमा बुधबार बीचको समयमा धेरै दरले सेयरको मुल्य खस्केकोमा अन्तिममा सुधार भई सूचक १४.४४ अंकले गिरेर, १९३६ . ६२ मा बजार बन्द भयो । सबैभन्दा धेरै पूँजीकरण भएको बाणिज्य बैंक सूचक ९.९४, जीवन बीमा सुचक ६९.४६ र लघुवित्त ६८.३५ अंकले तल आए । बुधबार एक अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएर समग्र बजार पूँजीकरण २८ खर्ब २ अर्बमा झरेको छ ।

 

 

 

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...