बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३ तीन जनामा क्षयरोग पुष्टि
Tuesday Mar 21, 2023
वि.सं.२०७९ चैत ७ मंगलवार १९:२२
काठमाडौं । ललितपुरको बागमती गाउँपालिकामा तीन जनालाई क्षयरोग लागेको पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले बागमती गाउँपालिका वडा नम्बर ४, प्युटारको थाङ्सिङटार अस्पतालमा ५४४ जनाको परीक्षण गर्दा ३ तीन जनामा क्षयरोग पुष्टि भएको हो ।
उनीहरुको अहिले डट्स प्रविधिबाट उपचार सुरु गरिएको बागमती गाउँपालिका स्वास्थ्य संयोजक समीर श्रेष्ठले जानकारी दिएका छन् ।
क्षयरोग देखिएका तीनैजनाको स्वास्थ्य अवस्था सामान्य भए एक्सरे र खकार परीक्षणबाट सो रोगको पहिचान भएको हो।
शनिबार भएको स्वास्थ्य शिबिरमा ५४४ जनाको स्वास्थ्य परीक्षण भएको थियो।जसअन्तर्गत आयुर्वेदमा १७५, आँखा १३५, ल्याव सेवा ८४, प्रसुती तथा स्त्री ९८, बालरोग ९८, एक्सरे सेवा १४८, छालारोग ७२, स्त्री भिडियो एक्सरे १७, दन्त रोग ४८, जनरल मेडिसिन २०६ र पोषण ९८ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
























