दुई हजार रुपैयाँले घट्यो सुनको मुल्य
Wednesday Mar 22, 2023
वि.सं.२०७९ चैत ८ बुधवार १८:२५
काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई हजार रुपैयाँले घटेर आज छापावाला सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको
मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदीको ५ रुपैयाँले घटेर बुधबार प्रतितोला १३ सय ३५ रुपैयाँ मूल्य कायम छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
























