CG Electronics
IME Life
NIMB

पक्राउ परेका तीन युवालाई ससम्मान रिहा गर्न स्वतन्त्र यु्वा अभियानको माग

NIMB
Himalayan Bank

 

 

काठमाडौं । स्वतन्त्र युवा अभियानले, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जनालाई निसर्त रिहा गर्न माग गरेको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा अभियानका सदस्यहरुले सरकारले, अभद्र मुद्दा लगाएर थुन्ने प्रयास गरेको भन्दै आक्रोस व्यक्त गरेका छन् । उनीहरुलाई निसर्त रिहा नगरे लाखौं युवा सडकमा उतार्ने उनीहरुको चेतावनी छ ।

सो समुहको तर्फबाट मनोज सापकोटाले, आफ्ना साथिहरु कुनै राजनीतिक दल तथा भातृ संगठनमा आवद्ध नरहेको भन्दै पक्राउ पर्ने तीनै जना स्वतन्त्र युवा रहेको जिकिर गरे ।

एक स्वतन्त्र नागरिकको रुपमा चर्को मिटर व्याज र नागरिकले भोगेका विविध समस्यालाई सम्बोधन गर्नका लागि पटक पटक माइतीघरबाट ध्यानाकर्षण गराउँदा पनि सरकारले नसुनेको उनको आरोप छ ।

समस्या समाधानका लागि आग्रह गर्न प्रधानमन्त्रीको समय माग्दा वेवास्ता गरेकाले प्रधानमन्त्री उपस्थित कार्यक्रममा गएर बोल्न बाध्य भएको उनको उनीहरुको जिकिर छ ।

हिजोको कार्यक्र्रममा सुरुमा प्रहरीलाई विनंम्रताका साथ सोधेरै कुरा गर्न लाग्दा नपाएपछि नाराबाजि गर्न बाध्य भएको उनीहरुको भनाई छ । बैंकको व्याजदर एकल अंकमा झार्न तथा लघुवित्त र सहकारीको दादागिरी कम गर्न सक्रियता देखाउन पर्यो भनेर प्रधानमन्त्रीलाई आग्रह गर्न सो कार्यक्रममा सहभागि भएपनि प्रहरीले धरपकड गरेको उनीहरुको जिकिर छ ।

बुधबार पक्राउ परेका बागलुङका सोनु शर्मा, बझाङका विप्लव खड्का र खोलुम्बुका उद्धव बस्नेतलाई पाँच दिन थुनामा राख्न प्रहरीले अनुुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धि कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीहरुलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेकाले उनीहरु पक्राउ परेका थिए ।

 

 

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...