CG Electronics
IME Life
NIMB

सरकारमा सहभागि हुने बिषय टुंगो लगाउन लोसपा बैठक बस्दै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सरकारमा सहभागि हुने बिषयमा केन्द्रीत रहेर लोकतापन्त्रिक समाजवादी पार्टी(लोसपा)को कार्यकारिणी बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमद दाहाल ‘प्रचण्ड’ सरकार बिस्तारको तयारीमा छन् । सरकारमा सहभागि हुन लोसपाले पनि इच्छा जनाएको छ ।

कम्तीमा दुई वटा मन्त्रालय पाउनु पर्ने अडानमा लोसपा छ । त्यस्तै, बैठकमा आगमी १० बैशाखमा हुने उप निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने बिषयमा छलफल हुनेछ । उप निर्वाचनमा उठाउनु पर्ने उम्मेदवारका बिषयमा पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ ।

निर्वाचनमा सहभागि हुन चाहने राजनीतिक दलले बुधवारबाटै आयोगमा गएर दल दर्ता गर्न सुरु गरिसकेका छन् ।

दल दर्ता १२ चैतसम्म गर्न सकिनेछ । दर्ता दर्ताका लागि आयोगले मंगलवार सुचना सार्वजनिक गरेको थियो । सुचनामा निर्वाचनमा भाग लिने चाहने राजनीतिक दलले ८ चैतदेखि १२ चैतसम्म दल दर्ता गर्न सकिने उल्लेख छ ।

१० बैशाखमा चितवन निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र बारा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ । चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि उप निर्वाचन हुन लागेको हो ।

तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् । त्यसो हुँदा खाली भएको क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएको हुँदा बारा–२ मा पनि उपनिर्वाचन हुँदैछ ।

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...