मेयर बालेनलाई प्रधानमन्त्रीको जवाफ : सरकार फेरबदल हुन्छ भन्ने चिन्ता नगर्नुहोस्, यो सरकार ५ वर्ष टिक्छ
Wednesday Mar 29, 2023
वि.सं.२०७९ चैत १५ बुधवार १५:०९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, यो सरकार ५ बर्ष टिक्ने दाबी गरेका छन् ।
बुधवार काठमाडौंमा आयोजित न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले, काठमाडौँका मेयर बालेन्द्र साहले सरकार फेरबदल भइरहन्छ की भन्ने चिन्ता व्यक्त गरेको भन्दै त्यसमा नअल्झिन भनेका हुन् ।
उनले भने ‘बालेन्द्र साह ज्युले सरकारको निरन्तरताको कुरा राख्नु भयो, स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन ग¥र्यौ । त्यसपछि सरकार निरन्तर एउटै छ । मेरो नेतृत्वमा सरकार छ, ढुक्क हुनुहोस्, मलाई विश्वास छ, यो सरकार ५ वर्ष सम्म जान्छ ।’
उक्त कार्यक्रममा बोल्दै मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताएका थिए ।
उनले सरकार भनेको स्थानीय पालिका पालिकामा छ भन्ने अभास दिलाउनु सक्नु पर्ने समेत बताएका छन् ।





























