IME Life
NIMB

भियतनामविरुद्ध सुखद नतिजाको अपेक्षामा नेपाल : जितकै लागि खेल्ने भियतनामी प्रशिक्षकको भनाई

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाली टिमका मूख्य प्रशिक्षक अनन्त राज थापाले, पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट अन्र्तगत पहिलो चरणको पहिलो खेलमा सुखद नतिजाको अपेक्षा गरिएको बताएका छन् ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले फिफा वरीयतामा आफूभन्दा माथि रहेको भियतनामविरुद्ध सुखद नतिजाको अपेक्षासहित मैदान उत्रने बताएका हुन् ।

 

‘दोस्रो चरणमा पुग्नका लागि राम्रो प्रदर्शन गर्ने लक्ष्य छ । ’ मुख्य प्रशिक्षक थापाले भने ‘राम्रो विपक्षीविरुद्ध खेल्दै छौँ । भियतनामले विश्वकप समेत खेल्दैछ । वरीयता हामीभन्दा धेरै माथि छ, हाम्रो टिममा राम्रा खेलाडी छन् । एक महिनाबाट तयारी गरिरहेका छौँ । राम्रो प्रदर्शन गर्ने छौँ । सुखद नतिजाको अपेक्षा छ ।’

 

प्रशिक्षक थापाले भियतनाम बलियो टोली भएपनि आफुहरु जित निकाल्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा रहेको बताए । उनले भने ‘ हाम्रो अन्तिम लक्ष्य भनेको दोस्रो चरणमा पुग्ने हो । हामी राम्रो प्रदर्शन गरेर जान्छौं ।’

 

भियतनामले २०२३ को महिला विश्वकप खेल्दैछ । फिफा वरीयतामा भियतनाम ३३ औं स्थानमा रहेको छ । नेपाल १०० औं स्थानमा छ ।

नेपाली राष्ट्रिय टिमका गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले भियतनाम वरीयतामा माथि भएपनि आफूहरु पनि जितकै लागि मैदानमा उत्रिने बताईन् ।

 

उनले भनिन् ‘मैदान पसेपछि हार्ने मन हुँदैन, हामी अन्तिमसम्म राम्रो नतिजाका लागि प्रयास गर्छौ, अन्तिमसम्म फाइट गर्यौं भने राम्रो नतिजा आउने छ ।’

भियतनामका मुख्य प्रशिक्षक माई डक चुङले नेपालको टोली राम्रो रहेको भन्दै खेल प्रतिस्पर्धात्मक हुने बताए । दोभाषे मार्फत उनले नेपालसँग प्रभावशाली टोली रहेको बताए ।

कप्तान हुय्न्हु न्हुले नेपालविरुद्ध जितकै लागि खेल्ने बताईन् । उनले भनिन् ‘नेपाललाई हामी सम्मान गर्छौं । हामी यहाँ जित्नका लागि आएका हौँ । ’

नेपालले भोलि बुधबार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बलियो प्रतिद्वन्दी भियतनामसँग खेल्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

पछिलो चरणको छनोटको समूह ’सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् ।
प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । नेपालले दोस्रो खेलमा भियतनामसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...