न्यायाधीश सिन्हाले इजलासले हेर्न अस्वीकार गरेको रविविरुद्धको राहदानी मुद्दाको पेशी भोलि
Tuesday Apr 04, 2023
वि.सं.२०७९ चैत २१ मंगलवार १८:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगको कसुरमा कारबाही गर्न माग गरिएको रिटको पेशी भोलि बुधबारका लागि तोकिएको छ ।
न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले हेर्न नमिल्ने भन्दै मंगलबार सुनुवाइ नगरेपछि पेशी भोलिका लागि सरेको हो।
आज मंगलबारका लागि पेशी तोकिए पनि यसअघि संवैधानिक इजलासमा रहेर आफूले रविको मुद्दा हेरेकाले अन्य न्यायाधीशकहाँ पेशी तोक्न न्यायधीश सिन्हाले आदेश दिएपछि पेशी भोलीका लागि सरेको हो ।
सिन्धुलीका युवराज पौडैल सफलले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको हो। यो मुद्दामा अब बुधबार पुनः गोलाप्रथाद्वारा नयाँ इजलास तोकिने छन् ।
रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरिएको रिटमा मुद्दा नचलाउने निर्णयविरुद्ध महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाइएको छ ।























