CG Electronics
IME Life
NIMB

हिमाल सरसफाई अभियान २०२३ मा कोका–कोलाको साथ

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपाली सेनोको नेतृत्वमा “हिमाल बचाउने प्रयास” नारा सहित आयोजना भइरहेको चौँथो हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको छ । अन्य थुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाउन्डेसन अहिलेसम्मको प्रमुख सबै भन्दा ठुलो डोनर रहेको छ ।

 

यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान हो । पर्वतारोहीहरुले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदुषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्धेश्य हो ।

 

सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुण हिमाल गरी ८,००० मिटर भन्दा अग्ला हिमालहरु सरसफाई गर्ने यो कार्यक्रममा कोका–कोला सहित थुप्रै सरोकारवाला निकायहरु पनि सहभागि रहेका छन् ।

 

चैत्र १४ देखी जेठ २२ सम्म सञ्चालन हुने यो अभियानमा करिब ३५ टन फोहोर संकलन हुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोरहरु उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्ट्नरहरुलाई हस्तान्तरण गरिनेछ ।

 

हिमाल सरसफाई अभियान २०२३ का क्याम्पेन डिरेक्टरले भन्नुभयो, “हिमालहरु हाम्रा राष्ट्रको गौरव हुन्, र स्थानीय समुदाय र भावी पुस्ताका लागि तिनीहरूलाई सफा राख्ने र संरक्षण गर्नु हाम्रो दायित्व हो ।

 

हामी यी हिमालहरुमा बढ्दै गरहेको फोहोरको बारेमा जनचेतना जगाउनको लागि हामीले स्थानीय समुदाय र अन्य सरोकारवाला निकायहरुसँग मिलेर काम गरिरहेका छौँ । यसमा कोका–कोला फाउन्डेसन र अन्य सम्पूर्ण सरोकारवाला निकायहरुबाट प्राप्त निरन्तर साथ र सहयोगको लागि हामी आभारी छौँ ।”

प्रतिकुल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ । टोलीमा आरोही, डाक्टर र शेर्पाहरू छन् । प्रत्येक टोलीको नेतृत्व एक क्याम्पेन लिडरले गरेका छन्, जसलाई नेपाली सेनाका दुई बेस क्याम्प म्यानेजर र २ डेप्युटी डिरेक्टरहरु समावेश छन् ।

 

त्यसैगरी फोहोर सङ्कलन, लोडिङ र अन्य सहयोगको लागि ४५ शेर्पाहरु पनि रहेका छन् । त्यस्तै सन्चालन, समन्वय र रियर अपरेसनको लागि अन्य २० जना कर्मचारीहरु रहेका छन् ।

नेपाली सेनाको नेतृत्वमा सञ्चालन भईरहेको यो अभियान विभिन्न गैर नाफा–मुलक संस्थाहरु, कर्पोरेट हाउसहरु, नागरिक समाज र रिसाइक्लिङ्ग पार्ट्नरहरुको संयुक्त प्रयास रहेको छ ।

कोका–कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गज्युले भन्नुभयो,“पहाडी इकोसिस्टमले बाढीलाई नियन्त्रण गर्नुको साथै सफा पानी र हावा प्रदान गरी मानव जीवनलाई अत्यावश्यक सेवाहरू प्रदान गर्दछ । जलवायु परिवर्तन विशेष गरी पहाडहरूमा तीव्र छ र हामीले तिनीहरूलाई बचाउन काम गर्नुपर्छ ।

कोका–कोला फाउन्डेसनको सहयोगले आशा छ कि यस्ता पहलहरूले नेपाल र विश्वभरमा अझ बढी जलवायु कार्य सञ्चालन गर्न मद्दत गर्नेछ । हामीले नेपाली सेनालाई साथ दिन पाउँदा खुसी छौं र संलग्न सम्पूर्णमा सफलताको लागि शुभकामना दिन चाहन्छौँ ।”

नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरूसँगको सहकार्यमा सन् २०१९मा पहिलो पटक आयोजना गरिएको यस हिमाल सरसफाई अभियानमा १०,५८६ किलो फोहोर सङ्कलन भएको थियो ।

सोही प्रयासलाई निरन्तरता दिँदै २०२१ मा पनि अभियानको दोस्रो संस्करण सञ्चालन गरिएको थियो जसमा ६ वटा हिमालबाट २७, ६७१ किलो फोहोर निकालिएको थियो । अभियानको तेस्रो संस्करण २०२२ मा भएको थियो जहाँ चारवटा हिमालबाट ३३,८७७ केजी फोहोर (७,२२७ केजी बायोडिग्रेडेबल र २६,६५० केजी नन–बायोडिग्रेडेबल) संकलन गरिएको थियो ।

सगरमाथा, ल्होत्से हिमाल, मनास्लु हिमाल र कञ्चनजङ्घा हिमालबाट संकलन भएका यस्ता फोहोरहरुमा अक्सिजन क्यानिस्टर, टेन्ट, खानेकुराका कन्टेनरहरु, प्लास्टिक र इलेक्ट्रोनिक फोहोर आदि पर्दछन् ।

यस अभियानको बारेमा विस्तृत जानकारी लिनको लागि कोका–कोला नेपाल र नेपाली सेनाको आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलहरू फलो गर्न सकिन्छ ।

 

 

 

 

 

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...