CG Electronics
IME Life
NIMB

मेला महोत्सवले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्दछ : कृषि मन्त्री भुषाल

NIMB
Himalayan Bank

 

भक्तपुर । नेकपा एकिकृत समाजबादीका उपाध्यक्ष तथा कृषि तथा पशुपन्छी विकाश मन्त्री डा.वेदुराम भुषालले मेला र महोत्सवले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्ने बताएका छन् ।

नयाँ वर्ष तथा बिस्काः जात्रा २०८० सालको अवसरमा आयोजित ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०को उद्घाटन गर्दै मन्त्री भुषालले भने “५१ प्रतिशत किसान भएको देशमा कृषि उत्पादन आयात गर्नु दःुखद पक्ष हो ।”

हाम्रो देश नेपाल कृषि उत्पादनमा पछाडी भएको र करिब २४ प्रतिशत मात्रै कृषि उत्पादनले राष्ट्रिय आयमा योगदान गरेको मन्त्री भुषालले जानकारी दिए ।

“हाम्रो अर्थतन्त्रलाई सवल बनाउन, हामी स्वस्थ हुन मौलिक (अर्गानिक) कृषि उत्पानदलाई समावेश गर्नु पर्दछ,” मन्त्री भुषालले भने ।

भक्तपुर किसानहरुको जिल्ला भएकाले जुजु धौःको प्रचारमा सबै जना लाग्नु पर्नेमा कृषि मन्त्री भुषालले जोड दिए ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खग्रेन्द्र प्रसाद रिजालले विगतका वर्षहरुमा जस्तै महोत्सवमा शान्तिपूर्ण ढंगले सहभागी हुन सबैमा आग्रह गरे ।

बिस्काः जात्रालाई ध्यानमा दिएर भक्तपुरमा जात्रा अवधिभर सबै जनाको सहमतिमा खुल्ला रुपमा मदिरा बिक्रि वितरणमा रोक लगाईएको समेत प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, एकिकृत समाजवादीका भक्तपुर अध्यक्ष श्याम बस्नेत, औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत र महोत्सवका संयोजक दीपक थापाले महोत्सवले भक्तपुर सांस्कृति तथा पर्यटन विकाशमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव रहेको छ ।

उक्त महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरुका साथै बाल उद्यान र दैनिक सांगीतिक प्रस्तुती हुने आयोजकले जानकारी दिएको छ ।
प्रवेश शुल्क रु. ५० र ७० रहेकोमा विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको आयोजक संस्थाले जानकारी दिएको हो ।

महोत्सव यहिँ चैत्र २३ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म ११ दिनसम्म चल्नेछ ।

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’...

वि.सं.२०८३ असार १५ सोमवार ०७:१७

  बुटवल, असार २०८३ ।लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...