CG Electronics
IME Life
NIMB

‘नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ’ : अर्थमन्त्री डा.महत

NIMB
Himalayan Bank

 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले अर्थमन्त्री डा। प्रकाशशरण महतसँग भेट गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको भेटमा एनआरएनए प्रतिनिधिले ज्ञापनपत्रमार्फत् आफ्ना समस्या अर्थमन्त्री डा। महतसमक्ष राखेका थिए ।

आज शुक्रबारदेखि अध्यक्षको नेतृत्व सम्हालेका डा। बद्री केसीले ज्ञापनपत्र पढेर मन्त्री डा। महतलाई सुनाएका थिए । ज्ञापनपत्र वाचनपछि तीनैजना अध्यक्ष डा। केसी, कुल आचार्य र रविना थापाले संयुक्तरुपमा मन्त्री डा। महतलाई बुझाएका थिए ।

एनआरएनए प्रतिनिधिले लगानीमैत्री वातावरण, नागरिकताको निरन्तरतालगायतका समस्याहरु राखेका थिए ।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणपछि केही जटिलता आएको स्मरण गर्दै मन्त्री डा। महतले एनआरएनएको नागरिकताको हकमा संविधानमा भएको व्यवस्थालाई छिटो कार्यान्वयनमा नल्याउँदो व्यवहारिक कठिनाइ भएको बताए ।

‘नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ’ मन्त्री डा। महतले भने, सरकारले एनआरएनएलाई निराश हुने काम कहिले गर्दैन ।

लगानी गर्न चाहने साथीहरुले कुनै कारणबाट निरुत्साहित हुनु पर्दैन ।’ लगानी मैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत् सम्बोधन गरिने आश्वासन मन्त्री डा। महतले दिए । आगामी बजेटमार्फत् पनि धेरै कुरा सम्बोधन गर्न सकिने उनले बताए ।

भेटमा एनआरएनए संस्थापक महासचिव भीम उदास, वर्तमान कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व उपाध्यक्ष रामेश्वर साह, सोनाम लामा, एनआरएनए युके पूर्वअध्यक्ष योगेन क्षेत्रीलगायत दर्जन बढीको सहभागिता थियो ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...