CG Electronics
IME Life
NIMB

नयाँ वर्ष २०८० को अवसरमा होटल भ्यू भृकुटीले ल्यायो विशेष प्याकेज

NIMB
Himalayan Bank

 

ललितपुर । नेपाली नयाँ वर्ष २०८० को अवसरमा ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीले विशेष प्याकेज ल्याएको छ ।

“न्यू इयर, न्यू हाइट, न्यू मेमोरिज विथ होटल भ्यू भृकुटी” भन्ने नाराका साथ होटलले लाइभ म्युजिकका साथमा निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर सार्वजनिक गरेको छ । होटलले ल्याएको अफर अन्तरगत लाइभ म्युजिकका साथमा फ्रि वेलकम ड्रिङ्क्स, लाइभ स्टेशन स्न्याक्स, लक्जरियस अकोमोडेशन, बफेट ब्रेकफाष्ट र निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर रहेको छ ।

नयाँ वर्षका लागि विशेष सांगितिक कार्यक्रमका साथै आउने पाहुनाहरूका लागि होटलको सम्पूर्ण सुविधा विशेष तरिकाले व्यवस्थापन गरिएको होटलले जनाइएको छ ।
नयाँ वर्षको अवसरमा होटलमा लाइभ ब्याण्ड प्राकृतिक वातावरणमा रमाउनको लागि १३ हजार हजार रुपियाँमा पर कपल, स्नयाक्स, डिनर, बस्नको लागि रूम र भोलिपल्टको ब्रेकफस्ट व्यवस्था गरिको होटलका प्रबन्ध निर्देशक समिर लामाले बताउनुभयो ।
सातदोवाटो चक्रपथबाट सात किलोमिटरको दुरीमा रहेको यो होटलमा ७० वटा कोठाहरु, साउना, स्ट्रिम, स्वमिङ पुल तथा मनोरन्जनको व्यवस्था मिलाइएको छ । यसका साथै होटलमा रोयल वोटानीकल गार्डेन नजिकै अवस्थित रहेकोले थप आकर्षक बनाएको कार्यकारी निर्देशक सागर भुसालले बताउनुभयो ।

होटलले नेपाली संस्कार र परम्परा अनुसार सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।
होटलले आफ्ना पाहुनाहरुलाई वोटानिकल गार्डेन लगेर विभिन्न जातका चराचुरुङ्गी र पुतलीहरुलाई नियाल्ने अवसर प्रदान गर्दछ । यसका साथै होटलबाट तीन किलोमिटरको दुरिमा रहेको शान्ति जंगलमा सफारी गर्ने अवसर पनि प्रदान गर्दछ । त्यस्तै फुलचोकी डाँडा पनि होटलबाट नजिकै भएकाले होटलमा आएका पाहुनालाई त्यहाँ पैदल यात्रा ९हाइकिङ०, वाईकिङ, प्याराग्लाइडिङको पनि सुविधा प्रदान गर्ने वरिष्ठ कार्यकारी सेफ रेशमकुमार लामा बताउनुभयो ।

त्यसैगरी होटलमा साउना, ज्याकुजी, जीम, सुइमिङ पुलको सेवा पनि रहेको छ । होटलमा आउने पाहुनाहरुले निःशुल्क पौडीको आनन्द लिन पाउँछन् भने साउना, ज्याकुजी र जीमका लागि थप शुल्क तिर्नुपर्दछ ।

होटलमा चौविसै घण्टा सबै प्रकारका खानाहरु उपलब्ध हुन्छ । आइरन टेरेस्ट रेस्टुरेन्ट होटलको रुफ टपमा अवस्थित छ, जहाँबाट पाटन र काठ्माडौं उपत्यकाको हरियो डाँडा हिमालहरुको अवलोकन गर्दै मिठो खानाको परिकारमा रम्न सकिन्छ । यो रेस्टुरेन्ट बिहान ७ वजेदेखि बेलुका १० बजेसम्म खुल्दछ ।

रेड ड्रप र छुपा रेस्टुरेन्टमा ब्रेकफास्ट, लञ्च र डिनरको राम्रो व्यवस्था रहेको छ । बिहान ६ वजेदेखि बेलुका ९ बजेसम्म यी रेस्टुरेण्ट खुल्ला हुन्छ । छुपा रेस्टुरेन्टमा १५० जना अट्ने क्षमता रहेको छ भने रेड ड्रपमा १०० जना अट्ने क्षमता छ । त्यसैगरी ब्ल्याक र ह्वाईट वारहरुमा बहुराष्ट्रिय ब्राण्डका पेय पदार्थहरु ककटेल र मकटेलका साथमा स्न्याक्सका साथ खाने व्यवस्था रहेको होटलक वरिष्ठ कार्यकारी सेफ रेशमकुमार लामाले बताउनुभयो ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...