CG Electronics
Ncell NPL
NIMB

घ्याङफेदी दुर्घटना : मृत्यु भएका २० जनाकै सनाखत (मृत्तक र घाइतेको सूचीसहित)

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं, २९ मंसिर । दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ ।

दुर्घटनामा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १५ जनाको काठमाडौँमा उपचार भइरहेको छ ।

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपु जाँदै गरेको बा ३ ख ३९१३ नम्को मिनीट्रक दुप्चेश्वर–१ घ्याङडाँडामा दुर्घटना भएको थियो । घटनास्थलमै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

मृत्यु हुनेहरुमा घ्याङफेदी सिसिपुकी २७ वर्षीया विभिमाया तामाङ, १४ वर्षीया सीता तामाङ, ३६ वर्षीया सुनश्री तामाङ, २४ वर्षीय शुकराम तामाङ, ३९ वर्षीय सोनम लामा, ५५ वर्षीय टोकले तामाङ, २२ वर्षीय मङ्गले तामाङ, ४४ वर्षीय आइत तामाङ, ४० वर्षीय सेल्वोन तामाङ, ६० वर्षीय खाम्सुङ तामाङ छन् ।

नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीमा शु्क्रबार साँझ बा.३ ख ३९१३ नं. को मिनीट्रक दुर्घटना हुँदा घाइते भएकाहरुको उद्धार गरिँदै । उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । तस्वीर : रासस ।

यस्तै ३२ वर्षीय रिवल तामाङ, २० वर्षीय भीमबहादुर तामाङ, ४३ वर्षीय मिङमार तामाङ, ३७ वर्षीय छोवाङ सोनाम तामाङ, ३४ वर्षीय लक्ष्मण तामाङ, ४६ वर्षीय वीरबहादुर तामाङ, २० वर्षीय कृष्ण तामाङ, ५० वर्षीय मीनबहादुर तामाङ, ४५ वर्षीय सुने लामा र शिखरबेँसीका १५ वर्षीय रितेश पण्डित रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मिनीट्रक दुर्घटनामा परी उपचाररत घाइतेमा घ्याङफेदीको सिसिपुकै २२ वर्षीया छिरिङ तामाङ, ४० वर्षीय रामबहादुर तामाङ, १७ वर्षीय रामु तामाङ, २६ वर्षीय साहिला तामाङ, २३ वर्षीय शिरमेन्दो तामाङ, सावित्री तामाङ, यारिमेन्दो तामाङ छन् ।

यस्तै ३८ वर्षीय मुइजित तामाङ, ४९ वर्षीय वीरबहादुर तामाङ, ३८ वर्षीय लक्ष्मण तामाङ, ३३ वर्षीय चन्द्रबहादुर तामाङ, २६ वर्षीय शुकराम तामाङ, रामभक्त थापा, मानबहादुर तामाङ र ९ महिनाकी नाबालिका रहेका छन् ।

मिनीट्रक सडकदेखि करीब ५०० मिटर तल तादीखोलामा खसेको प्रहरीले जनाएको छ । शिखरबेंसीको सिम्टाङमा मृत्यु भएको आफन्तको घेवामा सहभागी भएकाहरुलाई लिएर जाँदै गरेको मिनीट्रक दुर्घटनामा परेको हो ।

दुर्गम भएको कारण घाइतेको उद्धारमा समस्या भएको थियो । स्थानीय उद्धारकर्ताले मिनीट्रकमा पठाएका बिरामीलाई बीच बाटोबाट एम्बुलेन्समा हालेर उपचारका लागि दुर्घटना भएको पाँच घण्टापछि राजधानी पठाइएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए ।

मृत्यु हुनेहरु 
२७ वर्षीया विभिमाया तामाङ
१४ वर्षीया सीता तामाङ
३६ वर्षीया सुनश्री तामाङ
२४ वर्षीय शुकराम तामाङ
३९ वर्षीय सोनम लामा
५५ वर्षीय टोकले तामाङ
२२ वर्षीय मङ्गले तामाङ
४४ वर्षीय आइत तामाङ
४० वर्षीय सेल्वोन तामाङ
६० वर्षीय खाम्सुङ तामाङ
३२ वर्षीय रिवल तामाङ
२० वर्षीय भीमबहादुर तामाङ
४३ वर्षीय मिङमार तामाङ
३७ वर्षीय छोवाङ सोनाम तामाङ
३४ वर्षीय लक्ष्मण तामाङ
४६ वर्षीय वीरबहादुर तामाङ
२० वर्षीय कृष्ण तामाङ
५० वर्षीय मीनबहादुर तामाङ
४५ वर्षीय सुने लामा
१५ वर्षीय रितेश पण्डित

उपचाररत घाइते
२२ वर्षीया छिरिङ तामाङ
४० वर्षीय रामबहादुर तामाङ
१७ वर्षीय रामु तामाङ
२६ वर्षीय साहिला तामाङ
२३ वर्षीय शिरमेन्दो तामाङ
सावित्री तामाङ
यारिमेन्दो तामाङ
३८ वर्षीय मुइजित तामाङ
४९ वर्षीय वीरबहादुर तामाङ
३८ वर्षीय लक्ष्मण तामाङ
३३ वर्षीय चन्द्रबहादुर तामाङ
२६ वर्षीय शुकराम तामाङ
रामभक्त थापा
मानबहादुर तामाङ
९ महिनाकी एक नाबालिका

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...