CG Electronics
Ncell NPL
NIMB

नेकपा स्थायी समितिमा ४ नेताले यसरी मच्चाए बबाल, निर्मला पन्तदेखि एकनाथ ढकालसम्मको यस्तो भयो चर्चा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७ महिनादेखि बस्न नसकेको सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा निर्मला पन्तदेखि एकनाथ ढकालसम्मका विषय उठ्ने भएको छ । लामो समयको दवाव र दर्जनौ पटकको गुट भेलापछि शनिवार पार्टी मुख्यालय धुम्वाराहीमा बस्ने बैठकका एजेण्डा के हुन ?

 

के बिषयमा छलफल हुने हो ? त्यसको जानकारी सचिवालयले स्थायी कमिटी सदस्यलाई दिएको छैन । छलफलमा पार्टीको एजेण्डा के हुने थाहा नभएपनि असन्तुष्ट पक्ष स्थायी समिति बैठकमा धेरै विषय उठाउने तयारीमा छन् ।

 

दुई पार्टी एकीकरण पछिको तीन महिना भित्र मातहतका कमिटी एकता गरि सक्ने उद्घोष केवल भाषणमा मात्र सिमित भएपछि नेकपामा असन्तुष्टि चुलिएको हो । एकता पछि नेकपामा गुट गत प्रवृतिको अन्त्य हुन्छ कि भन्ने चर्चा राजनीतिक बृतमा थियो तर मातहतका कमिटी एकतामा भएको ढिलाइले यतिवेल नेकपामा केपी ओली, माधव नेपाल र प्रचण्ड नेतृत्वको गुट सक्रिय रहेको छ ।

 

पार्टी एकता भएको ७ महिना वितिसक्दा पनि मातहतका कमिटीको एकता नसकिँदा आन्तरिक रुपमा पार्टी नेतृत्वको आलोचना सुरु भएको हो ।

 

पार्टी स्थायी कमिटीका सदस्य समेत रहेका नेता योगेश भट्टराईको भनाईले पनि शनिबार बस्न लागेको स्थायी समितिको बैठकमा नेतृत्वप्रति प्रश्नको चाङ लाग्ने देखिन्छ । केन्द्रीय सचिवालयले आफ्नो अधिकारभन्दा बाहिर गएर निर्णहरु गरेको आरोप स्थायी समिति सदस्य योगेश भट्टराईले लगाईरहँदा यस अघि नेपाल गुटका केन्द्रीय सदस्यहरुले स्थायी समिति बैठकको माग गर्दै नेतृत्वको ध्यानाकर्षण गराएको घटनालाई थप बल पु¥याउँछ नै ।

 

नेपाल गुटमा रहेका स्थायी समिति सदस्यहरुले जनवर्गीय संगठन र मातहतका कमिटि एकतामा भैरहेको ढिलाई र सरकारको कामकारवाही, विवादित एसिया प्यासिफिक सम्मेलन र बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको अभियुक्त पक्रन नसक्नु लगायतका विषय शनिवार बस्ने बैठकको मुख्य एजेण्डा बनाउँदै छन् ।

 

तर उता प्रचण्डको गुटमा रहेका नेता देव गुरुङले भने स्थायी समिति बैठकमा पार्टीले प्रस्तुत गर्ने एजेण्डा बाहेक व्यक्ति गत र गुटगत एजेण्डा नभएको बताए । नेतृत्वले गरेको कामको बचाउ गर्दै नेता गुरुङ पार्टी एकताको काम सकिएको दावी समेत गर्दछन ।

 

आज वस्ने स्थायी समिति बैठकमा विशेषगरी पार्टी भित्र असन्तुष्ट रहेका नेताहरुले प्रदेश कमिटि गठन,मातहतका कमिटि एकतामा ढिलाई र सरकारको काम लगाएतका मुद्धालाई प्रमुख एजेण्डाको रुपमा प्रस्तुत गरिरहँदा प्रधानमन्त्री केपी ओली निकटका नेताले त्यसको बचाउ गर्ने रणनीति तय गरेका छन ।

 

एकता पछिको लामो समयको अन्तरालमा हुनलागेको नेकपा स्थायी समिति बैठकलाई राजनीतिक वृतमा महत्वका साथ हेरिए पनि शनिवार बस्ने बैठकमा, मुख्य मुद्धा मातहतका कमिटि एकीकरण र त्यसभित्र परेको गुटीय राजनीतिक प्रभावको विषय नै चर्चाको केन्द्रविन्दुमा रहने छ ।

 

एजेन्डाबारे स्थायी समिति सदस्य अनभिज्ञ

नेकपाका पछिल्ला सबै बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको सरकारीनिवास बालुवाटारमा हुँदै आएका थिए । तर, चार नेताले यसप्रति पनि आपत्ति जनाएपछि शनिबारको बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा डाकिएको छ ।

 

लामो समयपछि बैठक बस्न लागे पनि स्थायी समिति सदस्यहरूले भने छलफलका एजेन्डाबारे अनभिज्ञता जनाए । ‘कम्तीमा दुई दिनपहिल्यै बैठकका एजेन्डाबारे जानकारी गराउने पार्टीको नीति छ, तर के छलफल गर्ने हो, कुनै जानकारी गराइएको छैन,’ स्थायी समिति सदस्य युवराज ज्ञवालीले भने, ‘किन गराइएन सचिवालयलाई नै थाहा हुने कुरा हो । सायद, अहिले उठिरहेका समसामयिक विषयमै छलफल हुने त होला नि ।’

 

केन्द्रीय कार्यालय सचिव श्रेष्ठले भने पार्टी एकीकरणसहितका थाती एजेन्डाहरूमा छलफल हुने बताए । सचिवालय बैठकमा एक दर्जन एजेन्डा प्रस्तावित छन् । पार्टीको जिल्ला तथा जनसंगठनहरू एकीकरण, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो गठन, सरकार र संसद्को कामको समीक्षालगायत एजेन्डा थाती छन् । तर, शनिबारको एजेन्डा खुलाएर बैठक बोलाइएको छैन ।

 

चार नेताले अध्यक्षद्वयको खुलेर आलोचना गर्ने
स्थायी समिति बैठकका लागि अध्यक्षद्वय ओली र प्रचण्ड तथा चार शीर्ष नेताहरू नेपाल, खनाल, गौतम र श्रेष्ठले छुट्टाछुट्टै तयारी गरेका छन् । २२ मंसिरमा शीर्ष नेताले बैठकमै भाग नलिई बहिष्कार गरेपछि ओली–प्रचण्ड स्थायी समितिलाई अनुकूल बनाउने कसरतमा छन् । कार्यविभाजन र जिल्ला एकीकरणका सन्दर्भमा अध्यक्षद्वयले महासचिव विष्णु पौडेलसहितको उपस्थितिमा निरन्तर छलफल गर्दै आएका छन् ।

 

अध्यक्षद्वयले अपमान गरेको भन्दै बहिष्कार गरेर एकै ठाउँ उभिएका चार शीर्ष नेताले भने अध्यक्षद्वयको कार्यशैलीको खुलेरै आलोचना गर्ने तयारी गरेका छन् । बिहीबार छलफल नै गरेर उनीहरूले अध्यक्षको आलोचना गर्ने र बहिष्कार गर्नुको कारण प्रस्ट्याउने समझदारी गरेका छन् । विधि–प्रक्रिया मिचेर पार्टी सञ्चालन गर्न खोजिएको भन्दै नेतृत्वको खुलेर प्रतिवाद गर्ने उनीहरूको रणनीति छ ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...