CG Electronics
IME Life
NIMB

कोका–कोला मोमोत्सवको आठौँ संस्करण सम्पन्न

NIMB
Himalayan Bank

 

 

काठमाडौँ । नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकलाई सेलेबे्रेट गर्र्दैे कोका–कोला मोमो उत्सवको आठाँै संस्करण सम्पन्न भएको छ । “कोक+मोमोको स्टोरीजः म्याजिकल मोमोरिज” भन्ने ट्यागलाइनका साथ कोका–कोलाले ८ वर्षदेखि मम उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाडौँ, भरतपुर र भक्तपुर गरी सबै प्रमुख सहरहरूमा आयोजना भएकोे थियो ।

भक्तपुरमा “भक्तपुर कुकिंग” कार्यक्रमको साथ समापन भएकोे कोक मोमोरी फेस्टमा थियो, जहाँ ४४००+ भन्दा बढी उपभोक्ताहरूले कुटुम्ब, स्वप्नसुमन, तृष्णा गुरुङ जस्ता लोकप्रिय कलाकारहरुको सांगीतिक प्रस्तुतिको आनन्द लिँदै एकै पटक तिनै सहरका उत्कृष्ट मोमोका स्वादहरु लिने अवसर पाएका थिए । यससँगै कोक मोमोरी फेस्ट अब १८,५००+ भन्दा बढी उपभोक्ताहरूलाई इमर्सिभ कोक अनुभव प्रदान गरी समापन भएको छ ।

कोका–कोला मोमो उत्सव ग्लोबल कोक एन्ड मिल्स कन्सेप्टको एक स्थानीय अवधारणा हो जसले नेपालीहरूको प्रिय परिकार मोमो र पेय पदार्थ कोकको उत्कृष्ट कम्बोलाई सेलिब्रेट गर्छ । फेब्रुअरी १५ मा सुरु भएको यस अभियान मार्फत कोका–कोलाले नेपालभरका १००० भन्दा बढी रेस्टुरेन्ट र भोजनालयहरूसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरूलाई डिस्काउन्ट मूल्यमा विशेष कम्बो अफरहरू प्रदान गरेको थियो ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डिरेक्टर श्री आदर्श अवस्थीज्युले भन्नुभयो, “कोका–कोला मम उत्सव एउटा वर्षेनी आउने चाड जस्तै भइसकेको छ । अझ चिसो कोक र तातो ममको कम्बो, यो स्वाद त सबै जनाको प्रिय नै छ । हामीलाई त पुरा विश्वास छ कि हाम्रो ग्लोबल कोक एन्ड मिल्स कन्सेप्टको सबैभन्दा राम्रो लोकल भर्सन नै कोका–कोला मम उत्सव हो । र हामीलाई खुशी लागेको छ, यसपाली कोका–कोला मम उत्सव काठमाडौँमा मात्र सिमित नभएर अन्य मुख्य शहरहरु सम्म पनि पुग्यो । नेपाली उपभोक्ताहरुले हामीलाई जुन निरन्तर रुपमा दिनुभएको मायाले गर्दा नै यो सबै सम्भव भएको हो ।”

त्यस्तै बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक श्री दीपक नाथ सेन्थिलज्युले भन्नुभयो, “कोका–कोला मःम उत्सवको आठौँ संस्करण संगै हामीले मोमोको यस्ता नोस्टाल्जिक मेमोरीहरु सेलेब्रेट गरेका छौँ जुन हरेक नेपालीहरुको मनमा छ । र त्यो मेमोरीलाई अझ ताजा बनाएको छ चिसो कोकले । मोमो प्लस कोकको स्टोरिज, म्याजिकल मोमोरिज, भन्ने जुन हाम्रो ट्यागलाइन छ, मलाई आशा छ कि हाम्रा नेपाली उपभोक्ताहरूले देशका विभिन्न भागहरूमा भएको कार्यक्रमहरूमा हाम्रा नेपाली उपभोक्ताहरुले यस कोका–कोला मम उत्सवमा अझै नयाँँ–नयाँँ म्याजिकल मोमोरिजहरु बनाउनु साथ साथै रोमाञ्चक संगीतमा रमाउनु भएको छ ।”

देशका मुख्य शहरहरुमा आयोजना भएको यस मोमोरी फेस्टमा आयोजना भएका सबै शहरहरुमा एकदमै उल्लेखनीय सहभागिता रहेको थियो । युवा युवती देखि लिएर हरेक पृष्ठभुिमका मानिसहरु विभिन्न खेलहरु खेल्दै कोक र ममको स्वादमा रमाइरहेका देखिन्थे । समग्रमा भन्नुपर्दा कोक र ममको स्वादको मोहले समुदायका हरेक तहका मानिसहरुलाई एक–अर्कासँग रमाइलो समय बिताउने एक अनुपम अनुभव प्रदान गर्न सफल भएको थियो ।

नेपालीहरुको सबैभन्दा मन पर्ने खाजा नै मोमो हो । अझ तातो मोमो र चिसो कोकको कम्बो त झन एकदमै रुचाइन्छ । मोमोसँग कोक नखाने शायदै कमै नेपाली होलान् र ती हरेक नेपालीसँग कोक र ममको याद्गार पलहरु पक्कै पनि छ । कोकले आफ्ना उपभोक्ताहरुलाई त्यस्ता मोमोरिजहरु शेयर गर्न आव्हान गरेको थियो । र ती मध्य रमाइला मोमोरि शेयर गर्नुहुने उपभोक्तालाई दैनिक दराज भाउचरहरू, साप्ताहिक पुरस्कारहरु क्बmकगलन न्बबिहथ ब्ण्द्धभ र बम्पर पुरस्कारमा क्बmकगलन न्बबिहथ ब्ण्द्धभ र स्वस्तिमा खड्का संग डिनर प्रदान गरिएको छ । साथै त्यस्ता मोमोरिजहरु शेयर गर्ने १००० बढी ऊपभोक्ता मध्यबाट १५० भन्दा बढीलाई पुरस्कार प्रदान गरिएको थियो ।

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...