CG Electronics
IME Life
NIMB

युवा उद्यमी एवम् अर्थशास्त्री मनोज पौडेल महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । युवा अर्थशास्त्री र उद्यमी मनोज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट समूह तर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

 

महासंघलाई अझ सशक्त र प्रभावकारी बनाउने उदेश्यले युवा उद्यमी व्यवसायीहरूको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पौडेल १३ सय ७३ मत ल्याएर एशोसियट समूहकै दोस्रो हुँदै निर्वाचित भएका हुन्।

कोष व्यवस्थापक कम्पनी आध्यन्तका संस्थापकका रुपमा व्यवसायमा प्रत्यक्ष संलग्न उनी पूर्वाधार विकास, बैकिङ्ग, शिक्षा, लगानी परिचालन र पूँजी व्यवस्थापन लगायतका क्षेत्रहरूमा अन्य विभिन्न व्यवसायहरूमा पनि आबद्ध छन्।

विशेष गरी अन्तर्राष्ट्रिय लगानी र व्यापार विकासमा अनुभवी उनले उद्योग व्यवसाय जगतमा छोटो समयमै सफल उद्यमीको रूपमा स्थापित भएका छन्।

महासंघको कार्यकारिणी समितिको गएको कार्यकालमा अन्तर्राष्ट्रिय लगानी समितिको सहअध्यक्षका रूपमा उनले नेपालमा वैदेशिक लगानी र व्यापार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

पहुँचयोग्य लगानी, सबैको सशक्तिकरण, स्मार्ट समाधान, र टीमवर्क– यि चार मुख्य स्तम्भहरूमा केन्द्रित रहेर आर्थिक वृद्धि र विकासलाई अगाडि बढाउन सहयोग पुग्ने गरी उम्मेद्बारी दिएका मनोजले अब कार्यकारिणी समितिमा निर्वाचित भइसकेपछि नव निर्वाचित नेतृत्वसँग सहकार्य गर्दै नेपाली उद्यम र उद्यमीका निम्ति लागि पर्ने बताएका छन्।

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...