सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न
Thursday Apr 13, 2023
वि.सं.२०७९ चैत ३० बिहीवार २१:४१
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ र छैठौं बार्षिक सााधारण सभा सम्पन्न भएको छ । कम्पनीले आज चैत्र २९ गते साधारणसभा गरेको हो ।
स लक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाले आ।व २०७७÷०७८ र २०७८÷०७९ को संचालक समितिको वार्षिक प्रतिवेदनहरु, लेखा परीक्षकको प्रतिवेदन सहित आ।व। २०७७÷०७८ र २०७८÷०७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदनहरु पारित गरेको छ ।

उक्त साधारण सभाबाट आर्थिक बर्ष २०७९÷८० को लागि लेखापरीक्षक के।पि।आर। एशोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । यसका अतिरिक्त कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न प्रवन्ध पत्र तथा नियमावली संसोधन प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ ।


























