नर्भिक अस्पताल ३० औं वर्ष प्रवेश : एक महिनासम्म विशेष छुटको घोषणा
Friday Apr 14, 2023
वि.सं.२०८० वैशाख १ शुक्रवार ००:२३
काठमाडौं । नर्भिक इनरनेशनल हस्पिटलले स्थापनाको ३० औं वर्ष प्रवेशको अवसरमा विशेष छुटको घोषणा गरेको छ ।
बिहिबार आयोजित पत्रकार सम्मलेनमा अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले सेवा आरम्भको ३० औं वर्ष प्रवेशको अवसरमा भोली १ गतेदेखि ९ गतेसम्म विशेष छुटको व्यवस्था गरिएको जानकारी दिए ।
उनका अनुसार सबै स्वास्थ्य सेवामा भोलीदेखि ८ गतेसम्म ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ। त्यस्तै लेजर र हाइड्रा फेसियल, आइभिएफ प्याकेज, म्यामोग्राफीमा ३० दिनसम्मका लागि ३० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
त्यस्तै वार्षिकोत्सवको अवसरमा एक महिनामा चारवटा स्वास्थ्य शिविर आयोजना गरिने र निकट भविश्यमै पत्रकार परिवारका लागि विशेष हेल्थ प्याकेज ल्याइने बताइएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले, अस्पतालले देशमा गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको दाबी गरे ।
‘नर्भिकको यो गर्विलो यात्रामा हामीलाई साथ दिनु हुने सबैप्रति हामी ३० औ वार्षिकोत्सवको अवसरमा आभार प्रकट गर्न चाहान्छौँ ।’ उनले भने ‘नर्भिक उच्च प्रविधि प्रयोगशाला सेवाहरु सहित एनएविएल मान्यताप्राप्त तथा क्ष्क्इढण्ण्ज्ञःद्दण्ज्ञछ मापदण्ड पूरा गर्ने नेपालको पहिलो अस्पताल हो। त्यति मात्र होइन, क्याथेटराइजेशन ल्याब स्थापना गर्ने देशकै पहिलो निजी क्षेत्रको अस्पताल पनि हो। यहाँ स्तरीय इन्भेसिभ र नन इन्भेसिभ कार्डियाक सुविधा उपलब्ध छन् ।’
नर्भिक, परीक्षण प्रयोगशालाहरुका लागि राष्ट्रिय मान्यता बोर्ड (ल्ब्द्यी) भएको देशको पहिलो तथा सुरक्षित स्वास्थ्य सेवाका लागि फोहोर व्यवस्थापन प्रणाली लागू गर्ने पहिलो निजी अस्पताल भएको समेत उनले बताए ।
त्यस्तै अस्पतालले, अस्पतालले, निकट भविस्यमै नयाँ अत्याधुनिक भवनबाट सेवा विस्तार गर्न लागेको जनाएको छ। पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले भने ‘सुखद संयोग ने मान्नुपर्छ, साविकको पार्किङ क्षेत्रमा नयाँ भवन निर्माण सुरु भएको पनि आज ने एक वर्ष पूरा भएको छ ।
हाल निर्माण भइरहेको बहुआयामिक र अत्याधुनिक भवनमा निकट भविष्यमे नर्भिकको सेवा विस्तार हुनेछ भने विगत १५ वर्षदेखि लिजमा लिइएको सरकारी जग्गामा सञ्चालित अक्सिजन प्लान्ट, जेनेरेटर सेवा र मुर्दाघर पनि नवनिर्माण हुन लागेको भवनमा स्थानान्तरण गरिनेछ ।’
त्यस्तै पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले नयाँ भवन निर्माणको जग्गालाई लिएर भ्रम सिर्जना गरिएको भन्दै आपत्ति जनाए ।
उनले नर्भिकको करिब १० रोपनी जग्गामै भवन निर्माण भइरहेको र महानगरपालिकाबाट लिजमा लिइएको जग्गाको सम्झौता अवधि अझै पाँच वर्ष बाँकी रहेको बताए ।
तर अब लिजको जग्गामा राखिएको अक्सिजन प्लान्ट र जेनेरेटर लगायतका सेवा सुविधा पनि नयाँ भवनमा सारिने उनले बताए ।
आफूहरु विवादमा बस्न नचाहेको उनको प्रष्टोक्ति छ ।

























