व्यवस्थामाथि कस्तो संकट आउन लागेको हो प्रधानमन्त्री ज्यू ? स् सांसद गैरे
Monday Apr 17, 2023
वि.सं.२०८० वैशाख ४ सोमवार ००:१८
काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले बैशाख १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था संकटमा प¥र्यो भनेर के सन्देश दिन खोजेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद गैरेले माओवादी केन्द्रको पार्टी कार्यालयमा भएको कार्यक्रममा व्यवस्थामाथि आएको संकटलाई संसदले सामना गर्न सक्ने भन्दै त्यसको जानकारी प्रधानमन्त्रीले बाहिर होईन सदनमा आएर दिनुपर्ने माग गरे ।
उनले भने, बैशाख १ गते प्रधानमन्त्रीले पार्टी कार्यालयमा गएर यो व्यवस्था संकटमा प¥र्यो यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नु भएको हो ।
यो सार्वभौम सदन चलिरहेको अवस्थामा प्रधानमन्त्रीले बाहिर यो व्यवस्थामाथि संकट आएको छ भने सदनमा आउनु प¥र्यो सदनलाई जानकारी गराउनु प¥र्यो, सुचित हुनुप¥र्यो कस्ले यो व्यवस्था उल्ट्याउन खोजेको छ के कारणले संकट पैदा भएको हो ।
सबै चुनौतीलाई सामना गर्न संसद तयार हुनुपर्छ त्यो जानकारी प्रधानमन्त्रीले सदनमा जानकारी गराउनु प¥र्यो ।
संसदले सामना गर्न सक्ने समस्याको बारेमा पहिले संसदलाई जानकारी हुनुपर्ने उनको तर्क थियो ।

























