CG Electronics
IME Life
NIMB

नेपाल एसबिआई बैंकको हेड अफिस कमलादीमा उद्घाटन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । नेपाल एसबिआई बैंकको हेड अफिसको उद्घाटन गरिएको छ । भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खाराले कमलादी स्थित बैंकको हेड अफिस ९कर्पोरेट अफिस० कार्यालयको उद्घाटन गरेका हुन् ।

एक कार्यक्रमको आयोजना गरी भारतीय स्टेट बैंकका अध्यक्ष खाराले नेपाल एसबिआई बैंकको हेड अफिसको उद्घाटन गरेको बैंकले जनाएको छ । अब बैंकको सम्पूर्ण बैंकिङ्ग सम्बन्धी कार्य सोही कार्यालयबाट हुने बैंकले जनाएको छ ।

बैंकको कर्पोरेट कार्यालय उद्घाटन कार्यक्रममा भारतीय स्टेट बैंकका प्रमुख कार्यकारी अधिकृत चल्ला श्रीनिवासुलु शेट्टी, नेपाल एसबिआई बैंककी अध्यक्ष जयती बन्सल, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे रहेका थिए ।

साथै, नेपाल एसबिआई बैंकका सञ्चालक अप्सरा उप्रेति, स्वतन्त्र सञ्चालक गोपाल प्रसाद भट्ट, बैंकका उपमहाप्रबन्धक प्रियरंजन, नायब प्रमूख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत श्रीयादवेंद्र कांतको पनि उपस्थिती रहेको थियो ।

साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडांैैस्थित पशुपति क्षेत्र विकास कोषलाई सहयोग पनि गरेको छ । बैंकले कोषलाई हाई प्रेशर क्लिनर, वेट एण्ड ड्राई भ्याक्यूम क्लिनर र १० वटा डस्टबीन प्रदान गरेको जनाएको छ ।

हाल बैंकका ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिस रहेको बैंकले जनाएको छ । साथै १३० एटिएम मेसिनबाट बैंक्गि सेवा प्रद्यान गर्दै आएको बैंकले बताएको छ ।

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक, एनआरएनए पुर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण...

वि.सं.२०८३ जेठ २७ बुधवार १०:०६

  काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई...

फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको विशेष ‘टीभी प्याकेज’ सार्वजनिक

फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:५६

  काठमाडौँ । नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई...

‘भिभो समर सरप्राइज’ सार्वजनिक, स्मार्टफोन खरिदमा ५५ इन्च स्मार्ट टिभी जित्ने मौका

‘भिभो समर सरप्राइज’ सार्वजनिक, स्मार्टफोन खरिदमा ५५...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:५१

काठमाडौँ । नेपालका अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले गर्मीयाम र आगामी...

नेपालमा पाँच वर्ष पूरा गर्दै इनड्राइभको नयाँ अभियान ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ सार्वजनिक

नेपालमा पाँच वर्ष पूरा गर्दै इनड्राइभको नयाँ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:१२

  काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा...

डीजीओमार्फत फिफा विश्वकप २०२६™ को प्रत्यक्ष प्रसारण, ‘मोबाइल पास’ ५४९ रुपैयाँमा उपलब्ध

डीजीओमार्फत फिफा विश्वकप २०२६™ को प्रत्यक्ष प्रसारण,...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:०३

  काठमाडौं । विश्वकै सबैभन्दा लोकप्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप...

बेलायत सरकार र विश्व बैंकको सहयोगमा बुटवल पावर कम्पनीद्वारा हरित हाइड्रोजन पाइलट परियोजना शुभारम्भ

बेलायत सरकार र विश्व बैंकको सहयोगमा बुटवल...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:५४

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले बेलायत सरकार...