सिटिजन्स बैंकले बाल विकास समाजका विधार्थीलाई छात्रवृत्ति प्रदान
Monday Apr 17, 2023
वि.सं.२०८० वैशाख ४ सोमवार २०:०६
काठमाडौं । सिटिजन्स बैंकले बाल विकास समाजका विधार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले समाजका अथान बालबालिकालाई आर्थिक सहयोग गरेको छ ।
बैंकका अनुसार एक लाख पचास हजार चेक संस्थाका कार्यक्रम इन्चार्ज गोविन्द विश्वकर्मालाई हस्तान्तरण गरेको छ । बाल विकास समाजमा रहेका १०० जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका कार्यक्रम इन्चार्ज गोविन्द विश्वकर्माले जानकारी दिए ।
‘हजुरको प्रगतीको सहयात्री’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल करिब एक दशक देखि अबोध, अनाथ बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बाल विकास समाजलाई आर्थिक सहयोग स्वरुप १,५०,००० ९अक्षररुपी एक लाख पचास हजार मात्र० चेक हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो सोह्रौं बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।
हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

























